Logo

प्याव्सन बारबर्दिया नगरसमितिद्धारा शिक्षा ऐन बिरुद्ध संयुक्त आन्दोलन बारेमा जानकारी

Rato Pen २६ श्रावण २०८०, शुक्रबार २२:२७ मा प्रकाशित

बर्दिया,
नीजि तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल(प्याव्सन) नगरकार्य समिति बारबर्दियाले नेपाल सरकार मन्त्रीपरिषद्ले पारित विद्यालय शिक्षा सम्बन्धी ऐन २०८० का बिरुद्ध संयुक्त आन्दोलन कार्यक्रमको बारेमा सरोकारवालाहरुलाई जानकारी गराएको छ ।
विद्यालय शिक्षा सम्बन्धी ऐन २०८० मा नीजि तथा आवासीय विद्यालयहरुको बन्द गर्ने मनसायको केही दफाहरु रहेकोले उक्त दफाहरुलाई न्यायौचित तरिकाबाट संशोधनको माग सहित आन्दोलनमा रहेको जानकारी गराईएको छ । यहि श्रावन २४ गते देखि बिभिन्न चरणका कार्यक्रमहरु घोषणा गरेर बिरोधका कार्यक्रमहरु गर्दै आएकोमा सुक्रबारमात्र प्रधानामन्त्री स्वयम नै प्याव्सनका बार्ताटोलीसंग छलफल गर्ने भनिएपछि बार्तासम्मका लागि स्थगित गरिएको र माग सम्बोधन भए आन्दोलनका कार्यक्रमहरु फिर्ता लिने तर सम्बोधन भएको खण्डमा घोषित  आन्दोलनका कार्यक्रमहरुलाई निरन्तता दिने प्याव्सन नगर आन्दोलन समितिले जानकारी गराएको छ ।
यस अघि बुधबार नै बारबर्दिया नगरपालिकाका नगरप्रमुखलाइ आफ्नो माग र आन्दोलनका कार्यक्रमहरु सहित ज्ञापन पत्र बुझाई सकेको छ । सुक्रबार स्थानीय सरकारका प्रतिनिधि तथा शिक्षा संग सरोकार राख्ने सरोकारवालाहरुसंग संयुक्त आन्दोनका कार्यक्रमहरुको बारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । तर केन्द्रिय सर्कुलर अनुसार प्रधानमन्त्रीसंग छलफल हुने भएपछि तत्कालका लागि कार्यक्रमहरु स्थगित गरेकोले छलफललाई पनि औपचारिकता नदिएर अनौपचारिक रुपमा आफ्नो आन्दोलनमा कार्यक्रम तथा माग(सुझाब)को बारेमा जानकारी गराउनु भएको छ । कार्यक्रमको बारेमा प्याव्सन बारबर्दिया नगर समितिका अध्यक्ष एकराज पौडेल र प्याव्सनका प्रतिनिधि लक्ष्मी उपाध्यायले जानकारी गराउनु भएको छ ।
सुझाबहरु र आन्दोलनका कार्यक्रमहरु


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?