
बर्दिया,
नेपाल कम्यूनिष्ट पार्टी (माओबादी केन्द्र) बर्दियाले बर्दियाको आठ ओटै स्थानीय तहमा नगरकमिटीको बिस्तारित बैठक बसेर जनतासंग माओबादी बिशेष रुपान्तरण अभियान कार्यक्रमको रुणनीतिक योजना बनाएको छ । नेपालको ७ सय ५३ स्थानीय तहका वडाहरुमा यहि भाद्र १६ गते देखि संचालन हुने अभियान अन्तरगत “घरघरमा माओबादी, जनजनमा माओबादी” भन्ने नारा लिएर एकैसाथ उद्घाटन गरि ३ महिना सम्म संचालन हुने छ ।
नेकपा (माओबादी केन्द्र) जिल्ला समन्वय समिति बर्दियाको निर्देशन अनुसार भाद्र ८ गते पालिका स्तरको बिस्तारित बैठक बसी भाद्र १४ गते भित्रमा वडा स्तरीय कमिटीको बैठक बसेर माओबादी बिशेष रुपान्तरण अभियानको तयारी गर्नु पर्ने छ । सोही अनुसार बर्दिया स्थानीय तहहरुले वडा स्तरको बैठकमा जाने र अभियान सचालन गर्दा गरिने क्रियाकलाप तथा जनतासंगको भेटघाट गर्ने रणनीतिक योजना बनाएको छ ।
बारबर्दिया नगरकमिटीको बैठकका प्रमुख अतिथि तथा नेकपा माओबादीका केन्द्रिय सदस्य नरेन्द्र न्यौपानेले माओबादीको एजेन्डा जनतासम्म पुर्याउन र कार्याकताहरुलाई जनतासंग जोड्नका लागि अभियान संचालन गरेको बताउनु भएको छ । जनता संग रहेको समस्यालाई समाधान गर्नका लागि जनताहरुको आवश्यकता पर्ने भएकोले समास्या समाधान गर्न जनतासंग नै हातेमालो गर्न आएको बताउनु भएको छ । माओबादी नेतृत्वको सरकारले जनपक्षीय काम गरिरहेको छ भन्ने कुराको अनुभूति जनतालाई गराउनु पर्ने आवश्यकता महसुश केन्द्रिय समितिले गरेकोहुदा केन्द्र स्तरबाट नै संचालन हुने बताउनु भएको छ । उहाँले बारबर्दिया तीन महिना सम्म जनता संग माओबादीलाई जोड्नका लागि संयोजन गर्ने बताउनु भएको छ ।
बैठकमा नेकपा (माओबादी केन्द्र) लुम्बिनी प्रदेशका उपाध्यक्ष दुर्गा बहादुर थारु (कबिर)ले कार्याकताहरुले सरकारले गरेका कामलाई जनता सम्म पुर्याउन आवश्यक रहेको बताउनु भएको छ । बारबर्दिया नगरपालिकाका संस्थापक नगरप्रमुख समेत रहनु भएका कबिरले बारबर्दिया नगरपालिकाको बिगतमा गरेका कामलाई पनि जनतामा लैजानु पर्ने बताउनु भएको छ । माओबादीको सरकार रहेको बेलामा गरेका कामहरु थुप्रै रहेपनि जनता समक्ष पुग्न नसकेको बताउनु भएको छ । कतिपय कामहरुमा भ्रम सिर्जना गरिएकोले जनतामा सत्य के हो भन्ने कुरा जानकारी गराउन पार्टीका कार्यकर्ताहरुलाई आग्रह गर्नु भएको छ ।
बैठकमा नगरकमिटी सदस्य तथा वडा पार्टीका वडा अध्यक्षहरुले आफ्नो वडाको रिपोटिङ्ग गर्नु भएको थियो । उहाँहरुको रिपोटिङ्गका क्रममा आएको समस्याको समाधान गर्नका लागि जनता संग माओबादी बिशेष रुपान्तरण अभियानले सम्बोधन गर्ने कुरा नगरकमिटीका सहसचिव सन्तोष पोखरेलले जानकारी गराउनु भएको छ ।