Logo

जनतासंग माओवादी रुपान्तरण अभियानको आन्तरिक तयारी पुरा

Rato Pen १४ भाद्र २०८०, बिहीबार २३:०७ मा प्रकाशित

बारबर्दिया,
“घरघरमा माओवादी जनजनमा माओवादी” भन्ने नारा सहित यहि भाद्र १६ गते देखि नेपालको ७ सय ५३ वडामा एकैसाथ उद्घाटन हुने जनतासंग माओवादी रुपान्तरण अभियानको आन्तरिक तयारी बारबर्दियामा पुरा भएको छ । बारबर्दियाका ११ वटै वडामा वडा स्तरीय बिस्तारित तथा रणनीतिक योजना तयारी बैठक सम्पन्न भएको उक्त अभियानका बारबर्दिया संयोजक नरेन्द्र न्यौपानेले जानकारी गराउनु भएको छ ।
नेपाल कम्यूनिष्ट पार्टी (माओबादी केन्द्र)का केन्द्रिय सदस्य समेत रहनु भएको न्यौपानेले बारबर्दिया नगरपालिकामा वडा देखि टोलटोलमा पुग्नका लागि कार्यकर्ताहरुलाई परिचालनका लागि जिम्मेवारी दिसकेको बताउनु भएको छ । जिम्वारी पाएका सदस्यहरुले आफ्नो तोकीएको कार्यक्षेत्रमा समन्वय र सहकार्यका लागि टोलटोलमा पुगिरहेको बताउनु भएको छ । यहि भाद्र १६ गते दिउसो १ बजे उद्घाटन हुने कार्यक्रम रहेकोले सबै जनालाई उद्घाटन कार्यक्रममा सहभागी हुनका लागि आग्रह गर्नु भएको छ साथै वडा संयोजक तथा पार्टीका वडा अध्यक्षहरुले सोही अनुसारको ब्यबस्था मिलाउन निर्देशन दिनु भएको छ ।
नेकपा(माओवादी केन्द्र)बारबर्दिया अध्यक्ष दशरथ अगलपथ थारु(सुदिन)ले सबै वडामा देशैभरी एकसाथ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले उद्घाटन गर्ने कार्यक्रम रहेकोले सबै वडामा भर्चुअलको माध्यमबाट सहजरुपमा हेर्न र सुन्न मिल्ने खालको ब्यबस्था मिलाउन सुझाब दिनु भएको छ । अहिले वडा स्तरका कार्यकर्ताहरुले अभियानको बारेमा स्पष्ट भईसकेकोले अभियान पुर्णरुपमा सफल हुने बिश्वाश ब्यक्त गर्नु भएको छ । अहिले माओवादी नेतृत्वको सरकारले जनताको चित्तबुझ्ने खालको काम गरिरहेको र माओवादीको एजेण्डामा देश संचालन भईरहेको हुनाले जनतामा जान एकदमै सहज वातावरण रहेको बताउनु भएको छ । साथै कार्यकर्ताहरुलाई पनि सोही अनुसार नै घरघर र जनजनमा जान आग्रह गर्नु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रिय समितिको चौथो पुर्ण बैठकको निर्णयानुसार यहि भाद्र १६गतेका दिन ७५३ स्थानीय तहका ६७४३ वडाहरुमा एकै दिन “घरघरमा माओवादी जनजनमा माओवादी” भन्ने मुलनाराका साथ जनतासंग माओवादी विशेष रुपान्तरण अभियान उद्घाटन हुने छ ।
यहि भाद्र १६ गते देखि मंशिर १६ गतेसम्म ३ महिना संचालन हुने अभियानमा पार्टीको विचार सिद्धान्त, लक्ष्य, उदेश्य, योजना र पार्टी अध्यक्ष नेतृत्वले गरेका सकारात्मक कार्यहरु, सुशासन र जनमुखी कार्यहरुलाई जनताको घरघरमा र मनमनमा पुर्याउने उदेश्य रहेको अभियानका बारबर्दिया संयोजक न्यौपानेले जानकारी गराउनु भएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?