Logo

हेफर ईन्टरनेशनलद्धारा बारबर्दिया नपालाई लम्पि स्किन रोग बिरुद्धको औषधी सहयोग

Rato Pen २७ भाद्र २०८०, बुधबार १०:२५ मा प्रकाशित

बारबर्दिया
बारबर्दिया नगरपालिकालाई हेफर इन्टरनेशनल नेपालले लम्पि स्किन रोग बिरुद्धको औषधीजन्य सामाग्री राहत रुवरुप उपलब्ध गराएको छ । नगरपालिकालाई हेफरले राहत स्वरुव ३ सय पशुहरुलाई पुग्ने गरि औषधीहरु सहयोग गरेको हो ।
लम्पि स्किन रोगबाट सानाकिसानहरुलाई असर पारिरहेको अवस्थामा पालिकाद्धारा नै हेफरसंग माग गरे अनुसार रोकथाम तथा ब्यबस्थापनमा सहयोग पुग्ने उदेश्यले उक्त सहयोग स्वरुप औषधी उपलब्ध गराएको छ ।
बारबर्दिया नगरपालिकाका नगरउपप्रमुख रत्नकुमारी पाण्डे, निमित्त प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज शर्माले राहत स्वरुप औषधी ग्रहण गर्दै बारबर्दियाका किसानहरुलाई राहत हुने विश्वास ब्यक्त गर्नु भएको छ । विपती र महामारीको बेलामा सहयोगी दाताहरुको महत्वुर्ण भुमिका रहने गरेको बताउनु भएको छ । सहयोगी निकायसंग सदैव सहकार्य रहीरहने विश्वास ब्यक्त गर्नु भएको छ ।
बारबर्दियामा लम्पि स्किम रोगबाट २ हजार १ सय ४७ गाईगोरु संक्रमित भएको मध्यबाट ८६ वटा गाईगोरुको मृत्यु भएको बारबर्दियाका पशुसेवा शाखाका प्रमुख सुमन दत्तले जानकारी गराउनु भएको छ ।
बारबर्दियामा १ हजार ३ सय गाई गोरुमा लम्पि इस्किम बिरुद्धको खोप लगाईएको छ । खोपका लागि बारबर्दिया नगरपालिकाबाट ५सय वटा गाईगोरुमा खोप लगाउने औषधी तथा भ्याक्सिन सहयोग गरेको थियो । यसैगरी एकिकृत पशुपन्छि विकास कार्यालय गुलरिया बर्दियाले ८ सय गाईगोरुलाई पुग्ने भ्याक्सिन उपलब्ध गराएको थियो ।
हाल बारबर्दिया नगरपालिकाको वडा नम्बर १, २, ३ र ७ नम्बर वडाका गाईगोरुमा भ्याक्सिन लगाउने कार्य भएको र निरन्तर अन्यवडाहरुमा पनि लगाउने कार्यक्रम रहेको छ । संक्रमण घटदो क्रममा रहेको बारबर्दिया नगरपालिका पशु सेवा शाखाका अधिकृत दिपक थापाले जानकारी गराउनु भएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?