
बर्दिया
बारबर्दिया नगरपालिकामा रहेको दुई वटा आधारभूत विद्यालयमा बाल विवाह न्युनिकरण परियोजनाद्धारा संचालन गरिएका क्रियाकलापको जनप्रतिनिधि तथा बिषयगत शाखाका प्रमुख, कर्मचारीहरुको संयुक्त टोलीले विद्यालय अनुगमन तथा निरिक्षण गरेको छ । नेपाल राष्ट्रिय आधारभुत विद्यालय तर्कापुर र बालबिद्या आधारभुत विद्यालय सिम्रहवामा संयुक्त रुपमा अनुगमन निरिक्षण गरिएको हो ।
अनुगमनमा बारबर्दिया नगरपालिकाकी नगर उपप्रमुख रत्नकुमारी पाण्डेले सस्थाले संचालन गरेका हरेक क्रियाकलाप उदेश्यमुलक तथा उपलब्धी मुलक रहेको बताउनु भएको छ । अनुगमनका क्रममा परियोजनाबाट विद्यालयको आचारसंहिता निर्माण, वालसंरक्षण नीति, लैंगिकमैत्री शिक्षण सिकाइ, सुरक्षित विद्यालयका सुचकले निर्देशन गरेका हरेक पक्षलाई विद्यालयले कार्यान्वयनमा ल्याउने प्रयास गरेको बताउनु भयो । यसलाई सस्थागत गर्नका लागि पालिकाले पहलकदमी लिनेर आगामी दिनमा पालिका र पालिका स्तरमा काम गर्ने साझेदार सस्थासंगको साझेदारीमा यस खालका कामलाई निरन्तरता दिने बताउनु भयो ।
परियोजना मार्फत विद्यालयमा भएका क्रियाकलाप र यसबाट प्राप्त अपेक्षित उपलब्धिका बिषयमा छलफल गरिएको छ । अनुगमनका क्रममा विद्यालयका प्राधानाध्यापक ललित सापकोटाले प्लान इन्टरनेशनल नेपाल तथा बि ग्रुपको साझेदारीमा विद्यालय तहमा विद्यालयको आचारसंहिता र बाल संरक्षण नीति निर्माण गर्न सहयोग गरेको बताउनु भएको छ । यसका बारेमा अधिकांश शिक्षक बिद्यार्थीहरु विद्यालय ब्यबस्थापन समिति र शिक्षक अभिभावक समितिका सदस्यहरुलाई जानकरी गराइ प्रभावकारी रुपमा कार्यान्वयन गर्न सहज भएको बताउनु भएको छ । विद्यालयमा बालबालिकाहरुको समस्या सुन्नका लागि फोकल शिक्षकको व्यवस्था गरिएको छ । विद्यालयमा गुनासो पेटिकाको ब्यवस्था गरी प्राप्त हुने गुनासोहरुलाइ सुनुवाई समिति मार्फत गुनासो अभिलेखीकरण गरी सुनवाइको ब्यबस्था गर्ने प्रयास गरेको बताउनु भयो ।
सस्थाको विद्यालय छाड्न सक्ने र वालविवाहको जोखिममा रहेका बालबालिकाहरुका लागि अतिरिक्त कक्षा संचालन गरेको र यसबाट न्युन सिकाइ (कमजोर) भएकाहरुको सिकाइ उपलब्धि समेत बृद्धि भएको बालबिद्या आधारभुत विद्यालय प्रधानाध्यापकले बताउनु भयो ।
प्लान इन्टरनेशनल नेपाल तथा भेरी बातावरणीय बिशिष्टता समुह बि ग्रुपको साझेदारी र बारबर्दिया नगरपालिकाको समन्वयमा संचालित बालविवाह न्युनिकरण परियोजना अन्तरगत अनुगमन तथा निरिक्षण गरिएको छ । कार्यक्रमको अनुगमन बारबर्दिया नगरपालिकाको तर्फबाट नगर उपप्रमुख रत्नकुमारी पाण्डे, स्वास्थ्य शाखा प्रमुख÷ निमित्त प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज शर्मा, शिक्षा युवा तथा खेलकुद शाखाको प्राबिधिक साहायक खोमराज काफ्ले, महिला बालबालिका शाखा प्रमुख उषा पुन, र मेयर सचिवालय सदस्य दिनेश जैशी, प्लान इन्टरनेशनल नेपालको तर्फबाट बिमल गैरे, बि ग्रुपको तर्फबाट कार्यक्रम प्रबन्धक बिर्खराज उपाध्याय, प्राबिधिक संयोजक लक्ष्मीप्रसाद शर्मा, प्राबिधिक संयोजक रामरुप कौशल, अनुगमन मुल्याकंन अधिकृत एलिशा दहित, र फिल्ड सुपरभाइजर राकेश कंडेलको सहभागिता रहेको थियो ।