
बारबर्दिया,
बारबर्दिया नगरपालिका १ मा आधारभूत स्वास्थ्य केन्द्र पहाडीपुरमा किशोरी मैत्री स्वास्थ्य संस्थामा यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी सेवाको गुणस्तर मुल्याङ्कन तथा अन्तरक्रिया कार्यक्रम भएको छ । किशोर–किशोरीको यौन तथा प्रजनन् स्वास्थ्य सुधार परियोजना अन्तरगत आधारभूत स्वास्थ्य केन्द्रको गुणस्तर मुल्याङ्कन र अन्तरक्रिया कार्यक्रम भएको हो ।
किशोरी मैत्री स्वास्थ्य संस्थामा यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी सेवाहरु प्रवाहका लागि स्थानीय सरकारलाई प्रतिबद्ध गराई किशोरीमैत्री स्वास्थ्य केन्द्र घोषणा गर्नमा सहयोग पुर्याउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको थियो । स्वास्थ्य संस्था स्कोर कार्डमा आधारित किशोरकिशोरी यौन तथा प्रजनन् स्वास्थ्य सेवाको १२ वडा मुल्यांकन मापदण्डमा ९ नम्बर प्राप्त भएको थियो । उक्त मापदण्डको बारेमा छलफल गरि सुधारका लागि कार्ययोजना समेत बनाउनु भएको छ । बारबर्दिया वडा नम्बर १ का वडा अध्यक्ष कैलाशपति थारुले आगामी दिनमा बनाईएको योजनाहरुको कार्यान्वयन तथा ब्यबस्थापन गर्दै जाने बताउनु भएको छ । यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी कार्यक्रम तथा सेवाको बारेमा किशोरकिशोरी जानकारी गराउन अतिआवश्यक रहेको बताउनु भएको छ । कार्यक्रमका सहभागीहरुले संघसंस्थाको सहयोगमा भएका कार्यक्रमले गर्दा विद्यार्थीहरु आफ्ना कुराहरु राख्न सक्ने भएका छन् ।
कार्यक्रममा सहजकर्ता तथा स्वास्थ्यकर्मी सुमित थारुले स्वस्थ किशोरकिशोरीले मात्र राम्रोसंग शिक्षा आर्जन गर्न सक्ने बताउनु भएको छ । राम्रो शिक्षा आर्जन गर्नका लागि स्वस्थ हुनुपर्ने आवश्यकता रहेको बताउनु भएको छ । विद्यालय तथा समुदायमा स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु संचालन भईरहेको र किशोरकिशोरी मैत्री सेवाहरु स्वास्थ्य संस्थामा संचालन रहेको बताउनु भएको छ । उहाँले किशोरकिशोरीहरुलाई स्वास्थ्य संस्थामा गएर सेवा लिन पनि आग्रह गर्नु भएको छ ।
कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, विद्यार्थी तथा किशोरकिशोरीहरु र स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । गेरुवा ग्रामिण जागरण संघ बर्दिया, प्लान इन्टरनेशनल नेपाल र कोइकाको साझेदारी तथा बारबर्दिया नगरपालिकाको सहकार्यमा अन्तरक्रिया तथा गुणस्तर मुल्याँकन कार्यक्रम गरिएको गेरुवा ग्रामिण जागरण संघका सुपरभाईजर मञ्जु वलीले जनकारी गराउनु भएको छ ।