
बारबर्दिया
बारबर्दिया नगरपालिकाले ५९ औँ राष्ट्रिय बालदिवसको अवसरमा असहाय बाल बालिकाहरुलाई शैक्षिक सामाग्री तथा फलफुल वितरण र नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता कार्यक्रम गरेर मनाईएको छ ।
बारबर्दिया नगरपालिकाद्धारा संचालित असहाय बालबालिका संरक्षण केन्द्रमा रहेका २४ जना बाल बालिका र स्नेहा बालसंरक्षण केन्द्रका ९ जना बालबालिकालाई शैक्षिक सामाग्री र फलफुल वितरण गरिएको छ । बितरण कार्यक्रम संगै बाल संरक्षण केन्द्रको अनुगमन तथा निरिक्षण पनि गरिएको छ । अनुगमन तथा निरिक्षण कार्यक्रममा बारबर्दिया नगरपालिकाकी नगरउपप्रमुख तथा असहाय बाल संरक्षण केन्द्रकी संरक्षक रत्नकुमारी पाण्डे, स्वास्थ्य शाखा प्रमुख तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज शर्मा, वडा नम्बर ११ का वडा अध्यक्ष अजयकुमार चौधरी, सामाजिक विकास समिति संयोजक श्यामकुमारी चौधरी, महिला बालबालिका शाखा प्रमुख उशा पुन, शिक्षा, युवा तथा खेलकुद विकास शाखाका प्राविधिक सहायक खोमराज काफ्ले, नगरस्तरीय बाल अधिकार समितिका सदस्य तथा बि ग्रुपका सुपरभाईजर राकेश कडेलको सहभागिता रहेको थियो ।
यसैगरी दिवसकै अवसरमा अन्तर आधारभूत तहको बक्तृत्वकला प्रतियोगिता पनि गरिएको छ । प्रतियोगीतामा बारबर्दिया २९ वटा विद्यालयमा विद्यार्थीहरु भाग लिनुभएको थियो ।