Logo

बालबिबाह न्यूनिकरण, लागुपदार्थ दुरब्यसनी विरुद्धको सडक नाटक

Rato Pen २९ भाद्र २०८०, शुक्रबार २२:२५ मा प्रकाशित

बारबर्दिया,
बारबर्दिया नगरपालिकामा बालबिबाह न्यूनिकरण, लागुपदार्थ दुरब्यसनी विरुद्धको सडक नाटक कार्यक्रम प्रदर्शन गरिएको छ । बारबर्दिया नगरपालिका वडा नम्बर २ मा रहेका शान्ति आधारभूत विद्यालयमा वाल दिवसको अवसर पारेर बारबर्दिया नागरिक समाजको आयोजनामा सडक नाटक प्रस्तुत गरिएको हो ।
बारबर्दिया नगरपालिकालाई बाल विवाह मुक्त क्षेत्र घोषणा कार्यक्रमलाई सहयोग पुर्याउनका लागि युवा तथा किशोरकिशोरीहरुले नै सडक नाटक प्रर्दशन गर्नु छ । उक्त सडकले बाल विवाह तथा लागुपदार्थ दुरब्यसनीलाई न्युनिकरण गर्नमा सहयोग पुग्ने अपेक्षा लिईएको छ ।
बि ग्रुप बाँके र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा संचालित बाल विवाह न्युनिकरण परियोजनाको सहयोग, बारबर्दिया नगरपालिकाको समन्वयमा सडक नाटक प्रस्तुत गरिएको बारबर्दिया नागरिक समाज संजालका संयोजक शंकर थारुले जानकारी गराउनु भएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?