
बारबर्दिया
बारबर्दिया नगरपालिकाले ५९ औँ राष्ट्रिय बालदिवसको अवसरमा अन्तर आधारभूत तहका विद्यार्थीहरु बिच नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता कार्यक्रम गरिएको छ । प्रतियोगितामा बारबर्दिया नगरपालिका ५ मा रहेको जनशक्ति आधारभूत विद्यालयका छात्रा सन्ध्या देवकोटा प्रथम हुनु भएको छ । प्रतियोगितामा २९ वटा विद्यालयका प्रतियोगीहरुलाई पछिपार्दै सन्ध्या देवकोटा प्रथम हुनु भएको हो ।
दृतीयमा वडा नम्बर ९ मा रहेको धर्मभक्त माविका छात्रा आगम सुवेदी हुनु भएको छ । तृतीयमाा वडा नम्बर २ मा रहेको युवक मावि जोगिगाँउकी ओजस्वी थारु हुनु भएको छ । सान्त्वनामा भनुभक्त मावि सुउनीयाकी शिला थारु र पेट्रियट ईग्लीस मिडियम बोडिङ्ग स्कुलकी रिदिमा खरेल हुनु भएको छ ।
प्रतियोगितामा विजेता सहभागिहरुलाई शैक्षिक सामाग्री र प्रमाणपत्र सहित पुरस्कार वितरण गरिएको छ । बारबर्दिया नगरपालिका महिला बालबालिका शाखाको आयोजनामा भएको प्रगियोगिता कार्यक्रममा बालबालिका सम्बन्धी काम गर्ने बि ग्रुप बाँकेको पनि सहकार्यता रहेको थियो ।