
मधुवन,
मधुवन नगरपालिकामा ५९ औँ राष्ट्रिय बाल दिवसको अवसरमा बाल विवाह न्यनिकरण शिर्षकमा नगर स्तरीय अन्तर मावि तिज गीत तथा नृत्य कार्यक्रम गरिएको छ । मधुवन नगरपालिका, नेपाल साहित्यकला प्रतिष्ठान बर्दियाको आयोजना र बालकालिकाका क्षेत्रमा काम गर्ने संघसंस्था प्लान इन्टरनेशनल नेपाल, भेरीवातावरणीय बिशिष्टता समुह (बि.ग्रुप), ब्याक वार्ड सोशाईटी एजुकेशन(बेस) बर्दियाको सहकार्यमा कार्यक्रम गरिएको हो ।
दिवसको अवसरमा मधुवन नगरपालिकाले बाल विवाह न्युनिकरण भन्ने शिर्षकमा नगरभित्रका सामुदायिक तथा सस्थागत गरी १२ वटा विद्यालयको सहभागितामा तिज गित तथा नृत्य प्रतियोगिता संचालन गरेको छ । नगर स्तरीय अन्तर माध्यामिक विद्यालय वाल विवाहका कारण हुने जोखिम तथा यसका असरहरु, कानुनमा भएका नीतिगत ब्यबस्था बारे जनचेतना फैलाउने उदेश्यले उक्त शिर्षकमा दिवसको अवसर पारेर तिज नाच गित प्रतियोगीता गरिएको हो ।
यो वर्ष ‘वाललबालिकामा लगानी, सुनिश्चित भबिश्यको थालनी’ भन्ने तय गरिएको छ । नेपालले प्रत्येक वर्ष भदौ २९ लाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरेको छ । सन् १९९०, सेप्टेम्बर १४ मा नेपालले बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा लिइ राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरिएको छ । विक्रम सम्वत २०२२ सालदेखि भदौ ४ गते मनाउन सुरु गरिएको बाल दिवस २०६३ पछि भने भदौ २९ गते मनाउन थालिएको छ ।