Logo

विद्यालयमा विश्राम कक्ष निर्माण, महिनावारी हुँदा अब कक्षा छोड्नु नपर्ने

Rato Pen ३१ भाद्र २०८०, आईतवार २३:२७ मा प्रकाशित

बर्दिया,
मधुवन नगरपालिका वडा नं ७ मा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालय दसरथबस्ती कक्षा ८ मा अध्ययनरत सन्धा भण्डारीले महिनावारी भएको बेलामा कक्षा छोड्न नपर्ने बताउनु भएको छ । आफ्नो विद्यालयमा विश्राम कक्ष स्थापना भएकोले विद्यालयमा नियमित उपस्थित हुन समस्या नहुने बताउनु भएको हो ।
महिनावारी भएको बेलामा पेट दुख्ने समस्या र दिनमा पटक पटक आवश्यक पर्ने प्याडको आवश्यकतालाई मध्यनजर गर्दै विद्यालयमा विश्राम कक्ष स्थापना भएको छ । जसले गर्दा सन्धा भन्डारीले खुशी ब्यक्त गर्नु भएको छ । विद्यालयमा विश्राम कक्ष स्थापनासँगै दुखाई कम गर्ने औषधी, निःशुल्क स्यानेटरी प्याड र अन्य आरामका लागि आबश्यक सामाग्रीको समेत व्यवस्था रहेको बताउनु भएको छ । सन्धा जस्तै उक्त विद्यालयमा कक्षा ६ र ८ मा अध्ययनरत करिब ५५ जना छात्राहरुलाई महिनावारी भएको बेला विद्यालय अनुपस्थित हुने समस्या टरेको छ ।


विश्राम कक्षमा कुनै पनि छात्राले महिनावारी भएको बेला गएर आराम गर्न सक्ने, स्यानेटरी प्याड प्रयोग गर्न सक्ने व्यवस्था रहेको छ । ‘पहिले पहिले महिनावारी भएको बेला छात्राहरू स्कुलमा आउँदैनथे । आएपनि पेट दुखेको छ भनेर बिचमै कक्षा छाडेर घर जाने गर्दथे,’ उहाँले भन्नु भयो ।, ‘अब महिनावारी भएका छात्रा निर्धक्कसँग विश्राम कक्षमा गएर आराम गर्न सक्नु हुन्छ । नेपाल राष्ट्रिय आधारभुत विद्यालयका प्रधानाध्यापक प्रदिप रिजालले बताउनु भयो ।
प्लान इन्टरनेशनल नेपालका प्रतिनिधि बिमल गैरेले नेपाल राष्ट्रिय आधारभुत विद्यालय दसरथबस्ती र गेरुवा गाउपालिकाको वडा नं ४ मा रहेको सरस्वती आधारभुत विद्यालयमा महिनावारी हुने छात्राहरूको समस्यालाई मध्यनजर गर्दै विश्राम कक्ष निर्माण गरिदिएको बताउनु भएको छ । आराम गर्नका लागि बेड, बेड म्याटिक्स, प्याड राख्ने क्याबिन, कार्पेट, पीफम, इलोक्टोनिक बर्निङ मेसीन, बेट सिट, बलाङकेट, महिनावारी कक्षका लागि आबश्यक सामग्रीहरूको व्यवस्था गरिदिएको छ । उहाँले दुई वटा विद्यालयमा कक्षा ६ देखि ८ कक्षा सम्मका करिब २ सय छात्राले सुविधाको प्रयोग गर्नेे बताउनुभयो । उहाँले भन्नुभयो, ‘विशेष गरी पहिलोपटक महिनावारी हुने छात्रालाई बढी पीडा हुन सक्छ । विद्यालयमा रहेको बेला महिनावारी भएमा छात्राहरू निकै समस्यामा पर्ने गर्छन् । यही समस्या नहोस् भनेर हामीले छात्रा विश्राम कक्षको स्थापना गरिदिएका हौँ।’ कुनै पनि विद्यार्थीको पढाइ प्रभावित नहोस् भन्ने आफ्नो चाहना रहेको बताउँदै अभिभावकले पनि महिनावारी भएको बेलामा छात्रालाई विद्यालय पठाउनु पर्ने बताउनुभयो । महिनावारी भएको बेलामा दैनिक सरफाइ गर्नुपर्ने र सन्तुलीत खानाका साथै आरामको व्यवस्था गराउनु पर्ने बारेमा विद्यालयस्तरमा जनचेतना फैलाउने कार्य गर्नुका साथै यसको उचित संरक्षण गनुपर्ने बताउनु भयो ।
सरस्वती आधरभुत विद्यालयका प्र.अ नारायण प्रसाद पौडेलले सस्थाले विश्राम कक्षका लागि उपलब्ध गराएको सामाग्रीको उचित रुपमा बालबालिकाले वालबालिकाको सहभागीतामा यसको सदुपयोग गर्ने र विद्यालयमा बालिकाहरुको महिनावारी भएको बेला विद्यालयमा अनियमित हुने दर घट्ने अपेक्षा गदै यस सहयोग कार्यका लागि प्लान इन्टरनेशनल नेपाल तथा भेरी वातावरणीय बिशिष्टता समुह (बि.ग्रुप) बाँकेलाई बिषेश धन्यबाद दिनु भयो ।
प्लान इन्टरनेशनल नेपाल, बि. ग्रुपको आर्थिक साझेदारी र मधुवन नगरपालिका, गेरुवा गाउपालिका शिक्षा युवा तथा खेलकुद शाखा बर्दियाको समन्वयमा २ वटा विद्यालयमा विश्राम कक्ष निर्माण गर्न विद्यालयका लागि करिब १ लाख ४५ हजा ८ सयका दरले २ वटा विद्यालयको सामाग्रीका लागि २ लाख ९१ हजार ६सय बरावरको सामाग्री हस्तान्तरण गरिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?