
बारबर्दिया,
बारबर्दिया नगरपालिका वडा नम्बर ४ मा रहेको पद्नाहा स्वास्थ्य चौकीमा किशोर-किशोरी मैत्री, यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी सेवाको गुणस्तर वृद्धि हुदै गएको पाईएको छ । किशोर–किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यका लागि स्वास्थ्य संस्थाले गर्नुपर्ने कार्यहरुको अवस्था र गुणस्तर मुल्याङ्कन कार्यक्रम कार्यक्रममा यस्तो पाईएको हो ।
यस अघि पनि गुणस्तर मुल्यांकन गर्दा ८ , ९ क्रमशः नम्बर पाएको थियो । भने अहिले १० नम्बर प्राप्त गरेको छ । स्वास्थ्य संस्थाको स्कोर कार्डमा आधारित किशोरकिशोरी यौन तथा प्रजनन् स्वास्थ्य सेवाको १२ वडा मुल्यांकन मापदण्डहरुको बारेमा छलफल गरी सुधारका लागि कार्ययोजना बनाईएको छ । छलफल गर्दा १२ वटा मुल्यांकन मापदण्ड मध्य १० कार्य गरीएको वा गरिरहेको पाईएको छ भने २ वटा कार्यलाई सुधार वा तत्काल गर्नुपर्ने देखिएको छ ।
किशोर किशोरी मैत्री स्वास्थ्य संस्थामा यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी सेवाहरु प्रवाहका लागि स्वास्थ संस्था र स्थानीय सरकारलाई प्रतिबद्ध गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको थियो ।
बारबर्दिया नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सिताराम योगीले प्रजनन् स्वास्थ्यका लागि स्वास्थ्य संस्थामा निर्माण गर्नका लागि तत्काल ब्यस्थापन गर्न ईन्चार्ज तथा स्वस्थ्य संस्था प्रशासनलाई आग्रह गर्नु भएको छ ।
बारबर्दिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डिल्लीराज शर्माले किशोरकिशोरीलाई यौन तथा प्रजननको बारेमा जानकारी पाउन अतिआवश्यक रहेको बताउनु भएको छ । विद्यालय तथा समुदायमा स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु संचालन भईरहेको र किशोरकिशोरी मैत्री सेवाहरु स्वास्थ्य संस्थामा संचालन रहेको बताउनु भएको छ । उहाँले किशोरकिशोरीहरुलाई स्वास्थ्य संस्थामा गएर सेवा लिन पनि आग्रह गर्नु भएको छ ।
पांञ्चजन्य माध्यमिक विद्यालय पद्नाहाकी फोकल पर्सन (केन्द्र बिन्दु) शिक्षक निशा आर्चायले संघसंस्थाका सहयोगमा भएका कार्यक्रमले गर्दा विद्यार्थीहरु आफ्ना कुराहरु राख्न सक्ने भएका छन् । सुरक्षित महिनावारीका लागि आराम कक्ष निर्माण, आफ्नो समस्या राख्न सक्ने, विद्यालयमा स्वास्थ्यको बारेमा जानकारी गराउनका लागि स्वास्थ्य संस्था, गैरसरकारी संस्थाहरु बिच सहकार्यकाय आवश्यकता रहेको बताउनु भएको छ ।
कार्यक्रममा गेरुवा ग्रामिण जागरण संघका सचिव तथा परियोजनाका फोकलपर्सन हरि प्रसाद शर्मा, बारबर्दिया नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रतिनिधि शिक्षक किशोरकिशोरीहरु तथा स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण तथा स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवाको बारेमा जानकारी स्वास्थ्यकर्मी तथा सिनियर अनमी सुनिता कँडेलले गर्नु भएको थियो । कार्यक्रम तथा परियोजनाको उदेश्यको बारेमा गेरुवा ग्रामिण जागरण संघका सुपरभाइजर कुमार थारुले गराउनु भएको थियो ।
गेरुवा ग्रामिण जागरण संघ बर्दिया, प्लान इन्टरनेशनल नेपाल र कोइकाको साझेदारीमा संचालित किशोर–किशोरीको यौन तथा प्रजनन् स्वास्थ्य सुधार परियोजना अन्तरगत बारबर्दिया नगरपालिकाको सहकार्यमा गुणस्तर मुल्याँकन कार्यक्रम गरिएको गेरुवा ग्रामिण जागरण संघका सुपरभाईजर थारुले जानकारी गराउनु भएको छ ।