Logo

पालिका स्तरीय टि–२० क्रिकेट प्रतियोगितामा बारबर्दियाको विजयी सुरुवात

Rato Pen २७ आश्विन २०८०, शनिबार २०:२२ मा प्रकाशित

बारबर्दिया,
नगर खेलकुद विकास समिति बारबर्दिया नगरपालिकाद्वारा आयोजित प्रथम बर्दिया पालिका स्तरीय टि–२० क्रिकेट प्रतियोगिता बारबर्दियाको धामपुरमा शुरु भएको छ । उक्त प्रतियोगिताको लुम्बिनी प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेस संसदीय दल लुम्बिनी प्रदेशका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले क्रिकेट ब्याटले लुम्बिनी प्रबल हानेर उद्घाटन गर्नु भएको हो ।
प्रतियोगितामा सनिबारदेखि बर्दिया जिल्ला भित्रका ८ वटै पालिका स्तरीय टि२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बारबर्दिया नगरपालिकाले बढैयाताल गाउँपालिकालाई ९४ रनले पराजित गर्दै बारबर्दियाले विजयी सुरुवात गरेको छ । पहिले टस जितेर पहिले ब्याटिङ गरेको बारबर्दिया नगरपालिकाले २० ओभर पुरा खेल्दै ७ विकेटको क्षतिमा १ सय ६० रन बनाएको थियो । बारबर्दियाका लागि सागर रावतले ३२ बलमा ४ चौका र १ छक्का को मद्दतले ३७ रन बनाउनु भएको थियो भने आशिष रानामगरले २२ बलमा आक्रमक २ चौका र ३ छक्काको मद्दतले ३६ रन बनाउनु भएको थियो । बढैयाताल गाउँपालिकाको बलिङ तर्फ कपिल शर्माले २ ओभर बलिङ गरेर १४ रन दिएर बारबर्दियाका ४ वटा विकेट लिन सफल रहनु भएको थियो । विजयीका लागि १ सय ६१ रन को लक्ष्य लिएर आएको बढैयाताल गाउँपालिका १५ ओभर २ बल मा ६६ रन मै अल आउट हुन पुग्यो । बढैयाताल गाउँपालिकाको तर्फबाट सुदिप सिंहले मात्र २२ बलमा ५ चौका र १ छक्काको मद्दतले आक्रमक ३१ रन बनाउनु भएको थियो, भने अन्य खेलाडीले दोहोरो अंक छुन सक्नु भएन । बढैयाताल गाउँपालिकाका खेलाडीको ब्याटिङ लाईन ध्वस्त पार्न बारबर्दिया नपा का सागर राउतले ३ ओभर बलिङ गरेर ७ रन दिएर ३ विकेट लिनु भएको थियो । योगेश चौधरीले ३ ओभर बलिङ गरेर ५ रन दिएर ३ विकेट लिनु भएको थियो । विनोद ढकालले पनि ३ ओभर बलिङ गरेर ११ रन दिई २ विकेट लिन सफल हुनुभएको थियो । आजको खेलमा ३७ रन बनाउनु भएका ३ विकेट लिनु भएका सागर राउत म्यान अफ द म्याच घोषित हुनु भएको छ ।
असोज २७ गते देखि सञ्चालित यस प्रतियोगिता कार्तिक ४ गते सम्म सञ्चालित हुनेछ । बर्दिया जिल्लाका ८ वटै पालिकाको सहभागीता यस प्रतियोगिता २ समूहमा विभाजन गरि लिग सिस्टमबाट खेलाइने बारबर्दिया नगर खेलकुद विकास समितिका संयोजक विवेक डाँगिले जानकारी दिनु भउको छ । प्रतियोगितामा प्रथम हुने टोलिले नगद १ लाख १ हजार १ सय ११ रूपैयाँ र दोस्रो हुने टोलिले नगद ५१ हजार १ सय ११ रूपैयाँ पाउने समेत आयोजक संयोजक डाँगीले जानकारी गराउनु भएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?