
बारबर्दिया
बारबर्दियामा किशोरकिशोरी यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार सुधार सम्बन्धी कार्यक्रमहरु संचालन हुने थालेपछि यौनिकता शिक्षामा पहुच बढदै गएको छ । विद्यालयहरुमा बृहत यौनिकता शिक्षा तथा स्वास्थ्य संस्थाहरुमा किशोरकिशोरी मैत्री सेवाको बिस्तारमा सहयोग गर्ने कार्यक्रमहरु संचालनमा रहेको छ ।
कोईकाको आर्थिक सहयोगमा प्लान इन्टरनेशनल नेपाल र गेरुवा ग्रामिण जागरण संघको साझेदारीमा संचालित किशोर किशोरी यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार सुधार परियोजनाको सामाजिक लेखा परिक्षण र परियोजना समिक्षा तथा समापन बैठकमा सहभागिहरुले किशोरकिशोरीको यौनिकता शिक्षामा पँहुच बढदै गएको बताउनु भएको छ ।
आईतबार बारबर्दियाकमा भएको पालिका स्तरीय सामाजिक लेखा परिक्षण र पालिका स्तरीय समिक्षा तथा समापन बैठकमा प्रमुख अतिथि तथा बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुले संघ संस्थाहरुले सामाजिक विकासको क्षेत्रमा काम गरिरहेको र यसरी नै काम गरिरहने कुराको अपेक्षा गर्नु भएको छ । दिगो विकास लक्ष्य प्राप्तिका लागि सामाजिक ब्यबहार परिर्वतनको आवश्यकता रहेको बताउनु भएको छ । ब्यहार परिवर्तनका लागि सामाजिक अभियानका कार्यक्रमहरुको आवश्यकता रहेको बताउनु भएको छ । अझै पनि समुदायमा हानिकारक परम्परागत अभ्यासहरु कायमै रहेकोले यसलाई हटाउनका लागि सामाजिक संस्थाहरुले स्थानीय सरकार संग हातेमालो गर्न आवश्यक रहेको बताउनु भएको छ । यसका लागि सबै जना जिम्मेवार हुनु पर्ने बताउनु भएको छ । साथै बारबर्दिया नगरपालिकाका गेरुवा ग्रामिण जागरण संघले तीन बर्षमा गरेका कामले बारबर्दिया विकासमा ईटा थप्ने काम गरेकोमा धन्यबाद ज्ञापन गर्नु भएको छ । सहयोग र सहकार्यको निरन्तरताको अपेक्षा पनि गर्नु भएको छ ।
बारबर्दिया नगरपालिकाकी नगरउपप्रमुख रत्नकुमारी पाण्डेले गेरुवा ग्रामिन जागरण संघले विद्यालय तथा स्वास्थ्य संस्थाहरुको गएर किशोरी मैत्री संरचना तथा ब्यबहार परिवर्तनमा सहयोग पुर्याएको बताउनु भएको छ । यस्ता कार्यक्रमहरुको निरन्तरताको आवश्यकता रहेको बताउनु भएको छ । कार्यक्रममा बारबर्दिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षा शाखा प्रमुख टीकानाथ गोसाईले शिक्षा क्षेत्रमा बारबर्दिया नगरपालिकाले सकारात्मक सोचले काम गरिरहेको बताउनु भएको छ । केही गुनासोहरु छन् ती गलत नियत गरेको होईन, राज्यको नीतिले त्यस्तै हुने खालको बनाई दिएको बताउनु भएको छ । सेनेटरी प्याडको बिषयमा विद्यार्थीहरुको गुनासोमा पालिका र शिक्षा शाखाले राम्रो गर्नु भन्दा पनि नीतिगत कुराले पुरा हुन नदिएकोले नीतिगत सुधार गर्नु पर्ने बताउनु भएको छ ।
कार्यक्रममा सामाजिक लेखा परिक्षणको रिपोट प्रस्तुत गर्दै संचारकर्मी शंकरप्रसाद खनालले प्रस्तुत गर्नु भएको थियो । यौन शिक्षाको बारेमा किशोरकिशोरीहरु सामान्य जानकारी भएको, खानेपानी, शौचालय, कक्षा कोठा ब्यबस्थापन राम्रो भएको पाईएको बताउनु भएको छ । साथै मर्मत सम्भार, स्याहार निरन्तरताका लागि योजना बनाउनु पर्ने सुझाब दिनु भएको छ । साथै स्थानीय सरकारले पनि मर्मत सम्भारमा सहयोग गर्दा उचित हुने वा मर्मत सम्भारकोष बनाउदा उत्तम हुने सुझाव दिनु भएको छ ।
कार्यक्रममा गेरुवा ग्रामिन जागरण संघका कार्यकारी निर्देशक हरी सुबेदीले परियोजना समापन भएपनि बौद्धिक सहयोग गर्न तयार रहेको बताउनु भएको छ । शिक्षा क्षेत्रमा शैक्षिक गुणस्तर बृद्धि गर्नका लागि किशोरीमैत्री विद्यालय हुन आवश्यक रहेकोले यस क्षेत्रमा परियोजनाले काम गरेको बताउनु भएको छ ।
कार्यक्रममा उक्त परियोजना संयोजक सुरज अर्यालले बारबर्दिया नगरपालिकामा परियोजना मार्फत गरेको कामहरुको बारेमा जानकारी गराउनु भएको छ । विद्यालयमा शौचालय निर्माण, हेन्डवासिङ्ग स्थान निर्माण, शौचालय मर्मत, महिनावारी ब्यबस्थापनका लागि आराम कक्ष, किशोरकिशोरीमैत्री सुचना कक्षको निर्माण, शिक्षकहरुलाई प्रशिक्षण, स्वास्थ्य संस्थामा किशोरकिशोरी मैत्री सेवा निर्माण सम्बन्धी तालिम, महिनावारी स्वच्छता ब्यबस्थापन तथा सेनेटरी प्याड निर्माण सम्बन्धी तालिम, यौन तथा प्रजनन् सम्बन्धी दौतरी शिक्षा तालिम, स्वास्थ्य संस्थामा किशोरकिशोरी मैत्री सेवाको गुणस्तरको मुल्याँकन जस्ता कार्यक्रमहरु संचालन गरेको जानकारी गराउनु भएको छ ।
उक्त कार्यक्रम बर्दियाको बारबर्दिया, मधुवन, ठाकुरबाबा नगरपालिका र गेरुवा गाँउपालिकामा सन २०२१ अप्रिल देखि २०२३ नोभेम्बर सम्म संचालित रहेको छ । बारबर्दिया नगरपालिकामा भएको समाजिक लेखा परिक्षण र समिक्षा तथा समापन बैठकमा बारबर्दिया नगरपालिकामा परियोजना संचालन रहेको वडाका वडा अध्यक्ष, विद्यालयका शिक्षक, बिब्यसका अध्यक्षहरुको सहभागिता रहेको थियो ।