
बर्दिया
बर्दियाको मधुवन नगरपालिकामा वडा नं ५ रामनगरमा रहेका नवनिर्मित बालमैत्री, अपाङ्गमैत्री तथा लैङ्गिकमैत्री पक्की हातधुने स्थान विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
वडा नं ५ रामनगरमा रहेको आनन्द आधारभुत विद्यालयलाई भेरी वातावरणीय बिशिष्टता समुह (बि–ग्रुप) बाँकेको आर्थिक सहयोगमा निर्मित उक्त बालमैत्री, अपाङ्गमैत्री तथा लैङ्गिक मैत्री पक्की हातधुने स्थान हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण गरिएको उक्त हातधुने स्थान २ लाख ६७ हजार ८ सय ८० रुपैयाँको लागतमा २०८० श्रावण ९ गते निर्माण सम्पन्न भएपछि हातधुने स्थान सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरिएको बाल बिवाह न्युनिकरण परियोजनाका फिल्ड सुपरभाइजर गंगा गुरुङले जानकारी दिनुभयो ।
हस्तान्तरण कार्यक्रममा बालिकाहरुको शिक्षण सिकाइ, विद्यालयमा नियमितता र स्वास्थ्य सरसफाइ भएको अबस्थामा विद्यालय छाड्ने दर कम हुने र बालिकाहरुको सिकाइ उपलब्धिमा वृद्धि भएको पाईएको छ । विद्यालयमा बालबालिकाहरु नियमित भइ रहने र वालिकाहरु वालविवाहको पर्नसक्ने जोखिम न्युनिकरण हुने अपेक्षा कार्यक्रममा बोल्ने बक्ताहरुको भनाइ रहेको थियो ।
बिगत २ बर्षदेखि बर्दिया जिल्लाको बारबर्दिया, मधुवन, ठाकुरबाबा नगरपालीका र गेरुवा गाँउपालिकामा प्लान इन्टरनेशनल नेपाल, भेरि बातावरणिय बिशिष्टता समुह (बि–ग्रुप) को साझेदारी तथा परियोजना संचालन भएका स्थानिय तहसंगको समन्वयमा बालविवाह न्युनिकरण परियोजना मार्फत बालिकाहरुको गुणस्तरीय शिक्षा, वालविवाह जोखिम हुन नदिनका लागि आयआर्जनमा सहयोग, संरक्षण र विद्यालय स्तरमा प्रजनन स्वास्थ्य अधिकारका बिषयमा संस्थाले पैरवी गर्दै आइरहेको छ ।
हस्तान्तरण कार्यक्रम सोही विद्यालयका ब्यबस्थापन समितिका अध्यक्ष हिरालाल भाट अध्यक्षतामा भएको फिल्ड सुपरभाइजर गंगा गुरुङले जानकारी गराउनु भएको छ ।