Logo

खानेपानी सरसफाई र महिनावारी स्वच्छता सम्बन्धी प्र.अ.हरुको कार्यशाला सम्पन्न

Rato Pen १ कार्तिक २०८०, बुधबार १०:३३ मा प्रकाशित

बर्दिया,
बर्दिया जिल्लाको ठाकुरबाबा,बारबर्दिया, मधुवन नगरपालिका र गेरुवा गाउपालिकामा रहेका २३ वटा विद्यालयका प्रधानाध्यापकहरुका लागि खानेपानी सरसफाई र महिनावारी स्वच्छता सम्बन्धि कार्यशाला ठाकुरद्धारामा सम्पन्न भएको छ । वालमैत्री लैगिक मैत्री र अपागंता मैत्री शैक्षिक बातावरण निर्माणका लागि पालिका स्तरको कार्ययोजना सहित २ दिन असोज २९ र ३० गते संचालन भएको हो ।
परियोजना संचालन भएका २३ विद्यालयहरूमा खानेपानी ,सरसफाइको सुविधा महिनावारी स्वच्छता वातावरणको विकास तथा प्रवर्द्धन गर्ने कार्यमा एकरूपता ल्याई सिकाइ उपलब्धि तथा शैक्षिक गुणस्तरमा सुधार गर्न आवश्यक देखिएकाले कार्शालाको आयोजना गरिएको छ । विद्यालयमा सबै बालबालिकाहरुका लागि अनुकूल हुने गरी खानेपानी, सरसफाइ तथा महिनावारी स्वच्छताका सूचक एवम्मापदण्ड तयार गर्ने, तयार गरिएको मापदण्ड कार्यान्वयनका लागि विधि, प्रक्रिया र पद्दतिका विषयमा सहजीकरण गर्ने, विद्यालयमा स्वच्छ खानेपानीको व्यवस्थापन, सरसफाइका सुविधा र महिनावारी स्वच्छता वातावरण तयार गर्नका लागि उपलब्ध स्रोत साधनको उपयोगमा विभिन्न निकायहरुको भूमिका पहिचान लागि कार्शालामा छलफल गरी कार्ययोजना बनाईएको छ ।
दिगो विकास लक्ष्य ४ अन्तर्गत सबै विद्यालयहरूमा आधारभूत खानेपानी, सरसफाइ र महिनावारी स्वच्छताको प्रावधान हुनपर्ने गरी सूचकाङ्क तोकेको छ । नेपालको संविधानको भाग तीन मौलिक हकको धारा ३५ को उपधारा ४ ले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक सुनिश्चित गरेको र विद्यालय क्षेत्र विकास योजनाले गुणस्तरीय शिक्षाको लागि विद्यालयमा स्वच्छ खानेपानी व्यवस्थापन, सरसफाइका सुविधा र महिनावारी स्वच्छताक वातावरणको आवश्यकतालाई महत्वपूर्ण पक्षको रूपमा लिएको छ ।
बिगत २ बर्षदेखि बर्दिया जिल्लामा संचालित उक्त परियोजनाका कार्यक्रम प्लान इन्टरनेशनल नेपाल, भेरी बातावरणिय बिशिष्टता समुह (बि–ग्रुप) को साझेदारी तथा परियोजना संचालन भएका स्थानिय तह संगको समन्वयमा बालविवाह न्युनिकरण परियोजना मार्फत बालिकाहरुको गुणस्तिरिय शिक्षा,वालविवाह जोखिम हुन नदिनका लागि आयआर्जनमा सहयोग, संरक्षण, र बिद्यालय स्तरमा प्रजनन स्वास्थ्य अधिकारका बिषयमा संस्थाले प्रवर्द्धन गर्दै आइरहेको फिल्ड सुपरभाइजर बिमला रावतले बताउनुभयो ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?