
अन्जना चौधरी,
ठाकुरबाबा
सामाजिक अगुवाहरुका लागि यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि २ दिने तालिम बर्दियाको ठाकुरबाबा नगरपालिका ९ ठाकुद्धारामा सम्पन्न भएको छ । बालविवाह न्युनिकरण सुनिश्चित गराउन यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि सचेतना जगाउने उदेश्यका साथ दुई दिने तालिमको आयोजना गरिएको हो ।
समाजमा रहेका हानिकारक अभ्यासले समाजमा बिभिन्न किसिमका कुसंस्कारलाइ बढावा दिइरहेको अवस्थामा तालिममा यसको असरको बारेमा छलफल समेत गरिएको छ ।
समाजमा रहेको रुढिबादी कुसंस्कारलाई रोक्न सामाजिक अगुवाहरुको अहम भुमिका रहने हुँदा तालिमले सकारात्मक परिवर्तन ल्याउने अपेक्षा समेत लिइएको छ ।
नेपाल सरकारको बालविवाहको तथ्यांक र बालिकाहरुमा परेको असरबारे अनुसन्धान प्रतिबेदन २०२१ अनुसार २० देखि २४ वर्ष उमेर समुहका ५.२ प्रतिशत विवाहित ब्यक्ति १५ वर्ष मुनिका छन । पछिल्लो अवस्थामा ९.५ प्रतिशतपुरुष र ७.९ प्रतिशत महिलाहरुले बालविवहा गरेको पाइएको छ भने २२.७ प्रतिशत १८ वर्ष भन्दा कम उमेर समुहका बालबालिकाहरुले विवाह गरेको तथ्यांक छ ।
सन २०२१ को प्रतिबेदनको तथ्यांक अनुसार लुम्बिनी प्रदेशमा ७ सय ३८ बालविवाहका घटना रहेको छ । यसमा ९ प्रतिशत पुरुष र ३२.८ प्रतिशतमहिला रहेको तथ्यांकमा उल्लेख गरिएको छ ।
बालविवाह, छिटो हुने विवाह, जबरजस्तीगरिने विवाह र कम उमेरमै गरिने भागी विवाहका कारण अधिकाशं बालबालिकाको प्रत्यक्ष रुपमा शिक्षामा असर परेको छ । बालविवाहका कारणले बिद्यालय छोड्ने जोखिम रहेको हुन्छ ।
प्रतिबेदनकाअनुसार ८ देखि ११ कक्षामा रहेका किशोरीहरुले बिद्यालय छोडेका छन जसमध्ये १३ प्रतिशत को बालविवाह हुने अनुमान गरिएको छ भने ८ देखि ११ कक्षा पढिरहेका १२ प्रतिशत किशोरी बिद्यार्थीहरुले बिद्यालय छोडेका छन । त्यसमा पनि १५ प्रतिशत किशोरी बिद्यार्थीहरुको बालविवाह हुन सक्ने अनुमानगरिएको छ ।
दुइदिन संचालन भएको तालिममा स्थानीय समुदायका पण्डित, पास्टर, गुरुवाहरु, बरघर तथा किशोरकिशोरीको सहभागिता रहेको छ । गाँउ समुदायमा जिम्मेवार यिनै व्यक्तिहरुलाई यौन तथा प्रजनन शिक्षाको विषयमा सुु-सुचित गराएमा समाजमा रहेका हानिकारक अभ्यास बाल विवाह तथा यौन प्रजननका विषयमा सुदृढीकरण गराउन सकिने भएकाले विशेष गरी उहाँहरुका लागि तालिम संचालन गरिएको भेरी वातावरणीय विशिष्टता समुह (वि ग्रुप) बाँकेका प्राविधिक संयोजक रामरुप कौशलले बताउनुभयो ।
बि–ग्रुप)तथा प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा ठाकुरबाबा नगरपालिकाको समन्वयमा कार्यक्रम संचालन गरिएको हो । बालविवाह न्युनिकरण परियोजना बर्दियाको ठाकुरबाबा, बारबर्दिया, मधुवननगरपालिका र गेरुवा गाँउपालिकामा संचालित छ । परियोजनाले बालविवाह न्युनिकरण अभियानमा मदत पुर्याएको कुरा सहभागिहरुले बताएका छन । तालिमको सहजीकरण प्रकास उपाध्ययले गर्नु भएको बि ग्रुपकी फिल्ड सुपर भाइजर मायाँ खड्काले जानकारी दिनुभयो ।