Logo

पालिका स्तरीय टी–२० क्रिकेटमा राजापुर बिजेता

Rato Pen ४ कार्तिक २०८०, शनिबार २१:०४ मा प्रकाशित

 

बर्दिया,

बर्दियाको बारबर्दिया नगरपालिका ६ धामपुरमा भएको प्रथम बर्दिया पालिका स्तरीय टी–२० क्रिकेट पतियोगितामा राजापुर नगरपालिका प्रथम भएको छ । आज भएको फाईनल खेलमा गुलरिया नगरपालिकालाई ११२ रनले पछाडी पार्दै राजापुर प्रथम भएको हो ।टस जितेर पहिलो ब्याटिङ गरेको राजापुरले २० ओभरमा ८ विकेट गुमाउँदै १४७ रनको लक्ष्य दिएको थियो । गुलरिया नगरपालिकाले खराब प्रर्दशन गर्दै १२ दशमलव १ ओभरमा सबै विकेट गुमाउदै ३४ रन प्राप्त गर्यो । क्रिकेट प्रतिस्पर्धामा राजापुरका अजय सहानी म्यान अफ द सिरिज, गुलरियाका समिर आचार्य उत्कृष्ट ब्याट्स म्यान, मधुवनका आकाश खत्री बेष्ट वलर र राजापुरकै शुभाष तिमिल्सिना म्यान अफ द म्याच घोषित हुनु भएको छ । विजेता टोलीले ७५ हजार, उपविजेता ५१ हजार र विधागत उत्कृष्ट प्रति खेलाडीहरुले १५ सयका दरले पुरस्कार, प्रमाण पत्र, कप तथा मेडल पाउनु भएको छ । नगर खेलकुद बिकास समिति बारबर्दियाको आयोजना तथा जिल्ला क्रिकेट संघ बर्दियाको समन्वयमा गरिएको प्रतियोगितामा बर्दियाका ८ वटै पालिकाहरुले प्रतियोगितामा भाग लिनुभएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?