Logo

भुकम्प प्रभावितका लागि माओवादी बारबर्दिया समितिले राहत संकलन गर्दै

Rato Pen १९ कार्तिक २०८०, आईतवार १४:१९ मा प्रकाशित

बारबर्दिया
यहि कार्तिक १७ गते राती आएको विनासकारी भूकम्पले जाजरकोट र रुकुुम जिल्लामा पुर्याएको जनधनको क्षतिबाट प्रभावित भएकाहरुका लागि नेकपा माओवादी केन्द्र बारबर्दिया नगरसमितिले राहत संकलनको काम शुरु गरेको छ । नगरसमितिको आईतबार बिहान आकस्मित रुपमा बसेको बैठकले भूकम्प प्रभावित जनताका लागि दु्रतगतिमा राहत संकलन गरेर सरोकारवाला मार्फत राहत उपलब्ध गराउने निर्णय गरेको हो ।
जनता संग माओवादी विशेष रुपान्तरण अभियान संचालन भइरहेकोबेलामा प्राकृतिक बिपत्ती आएकोले सहयोगी अभियानमा पनि सबै जना राहत संकलनमा होमीनु पर्ने नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा अभियानका बारबर्दिया संयोजक नरेन्द्र न्यौपानेले बताउनु भएको छ । बर्दिया धान उत्पादनको राम्रो क्षेत्र र भित्र्याउने पनि समय भएकोले उपयुक्त हुने बताउनु भएको छ । पार्टीका कार्यकर्ता तथा सुभचिन्तकहरुले नै राहत संकलनमा हातेमालो गर्नु पर्ने बताउनु भएको छ ।
नेकपा माओवादी केन्द्र बारबर्दिया नगरसमिति बारबर्दियाका अध्यक्ष दशरथ अगलपथ थारु(सुदिन)ले वडा समिति तथा पार्टी कार्यकर्ताहरुलाई राहत संकलनमा जिम्वारीपुर्वक संकलन गर्नका लागि निर्देशन गर्नु भएको छ ।
समुदाय स्तरमा स्वईच्छा अनुसार राहत संकलन गर्ने र संकलित राहत सामाग्री सरकारी निकाय वा सरोकारपक्षलाई हस्तान्तरण गर्ने उदेश्यले संकलन गर्ने जानकारी गराउनु भएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?