
बारबर्दिया,
बारबर्दिया नगरपालिका बर्दियाले भूकम्प प्रभावितका लागि पाँच लाख २५ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ। कार्यपालिकाको आइतबार बसेको बैठकले दैवि प्रकोप व्याबस्थान कोषबाट पाँच लाख २५ हजार दिने निर्णय गरेको हो।
भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत, उपचार, पुनर्स्थापना, पुनः निर्माण लगायतका कार्यमा सहयोग पुर्याउन नगरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ जम्मा गर्ने निर्णय भएको बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकानाथ गोसाईले जानकारी दिनु भएको छ ।
शुक्रबार राती जाजरकोट केन्द्रबिन्दु बनाई गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र रुकुममा ठूलो जनधनको क्षति भएको छ।
लोकप्रिय समाचार