Logo

मधुवनले भूकम्प प्रभावितका लागि पाँच लाख सहयोग गर्ने

Rato Pen २० कार्तिक २०८०, सोमबार ०८:२८ मा प्रकाशित

मधुवन नगरपालिका बर्दियाले भूकम्प प्रभावितका लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । मधुवन नगरपालिकाको आइतबार विशेष नगर सभाको बैठक बसेर नगरबाट पाँच लाख दिने निर्णय गरेको हो ।
भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत, उपचार, पुनर्स्थापना, पुनः निर्माण लगायतका कार्यमा सहयोग पु¥याउन नगरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख रुपैयाँ जम्मा गर्ने निर्णय भएको मधुवन नगरपालिकाका नगरप्रबक्ता मेगबहादुर गुरुङले जानकारी दिनुभएको छ ।
शुक्रबार राती जाजरकोट केन्द्रबिन्दु बनाई गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र रुकुममा ठूलो जनधनको क्षति भएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?