
सप्तरी, २ माघ ।
नेपाल अमात समाज कल्याण समिति सप्तरीले ३५ सदस्यीय युवा तदर्थ समिती चयन भएको छ ।
जिल्लाको विष्णुपुर गाउँपालिका वडा न. ६ स्थित रहेको रुद्र नारायण मावीको प्राङ्गणमा आज सम्पन्न भेलाले नेपाल अमात समाज कल्याण जिल्ला युवा तदर्थ समितिमा राम कुमार रायलाई सर्वसहमतले संयोजकमा चयन गरेका छन ।
त्यसैगरि सह संयोजकमा क्रमशः माधव राय, अर्जुन मण्डल, सदस्य सचिवमा रवि राय र सदस्यहरुमा हरि किशुन राय, चन्दन राय, दिपक राय लगायत ३५ सदस्यीय चयन भएका छन ।
नेपाल अमात समाज कल्याण समिति सप्तरीका अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षता तथा नेपाल अमात समाज कल्याण समितिका केन्द्रिय उपाध्यक्ष तथा छिन्नमस्ता गापा अध्यक्ष सुर्य नारायण मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न नेपाल अमात समाज कल्याण युवा तदर्थ समिति सप्तरी गठन तथा सम्मान कार्यक्रममा अमात जाति उत्थान र बिकासका लागी योगदान पुर्याउनु हुने महत्त्वपूर्ण व्यतित्वहरु लाई मर्नो प्रान्त सम्मान गरेको थिए ।
स्व.हरि प्रसाद राय, स्व.धर्म नारायण राय लगायत २१ जना ब्यक्तिहरु लाई निजको पारिवारिक सदस्यको उपस्तिथिमा सहित मर्णोप्रान्त सम्मान गरेका थिए ।
कार्यक्रमा स्वागत मन्तव्य लक्ष्मी प्रसाद राय, संचालन रवि राय र बिषय बस्तु माथी प्रकाश अनिल मण्डल ले राखेका थिए ।