Logo

सत्तापक्षले राजविराजमा युवा ¥याली र आमसभा गर्ने

Rato Pen ५ माघ २०७७, सोमबार १२:२७ मा प्रकाशित

सप्तरी, ५ माघ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनीधी सभा विघटन गरेपछि देशभरी नै विरोध भईरहँदा सत्तापक्षले सप्तरीमा युवा ¥याली र विशाल आमसभा आयोजना गर्ने भएको छ ।
‘चलु राजबिराज, भरु राजबिराज’ नाम दिईएको युवा ¥याली र विशाल आमसभा क्रमशः माघ ८ गते र १३ गते सप्तरीको राजविराज स्थित राजरंगशालामा आयोजना हुने पार्टीका केन्द्रीय सदस्य समेत रहेका जिल्ला प्रवक्ता सुखराम यादवले आज राजविराजमा पत्रकार सम्मेलनगरी उक्त धारणा सार्वजनिक गर्नुभएको छ ।


प्रवक्ता यादवका अनुसार माघ ८ गते राष्ट्रिय सुवा संघ नेपालका केन्दीय इन्चार्ज महेश बस्नेतको प्रमुख आतिथयमा र माघ १३ गते पार्टीका सचिवालय सदस्य समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम संचालन हुने जानकारी दिनु भयो ।
यसैगरी विशिष्ठ अतिथिमा केन्द्रिय सदस्य कानून तथा ससंदीय ब्यवस्था मन्त्री लीलानाथ श्रेष्ठ, केन्द्रिय सदस्य तथा महिला बालबालिका मन्त्री जुली महतो, स्थायी कमिटी सदस्य, प्रदेश–२ इन्चार्ज सत्यनारायण मण्डल, स्थायी कमिटी सदस्य.रघुवीर महासेठ, केन्द्रीय सदस्य, प्रदेश–२ अध्यक्ष एंव शहरी विकास मन्त्री क.प्रभु साह, केन्द्रिय सदस्य, प्रदेश–२ सचिव माननीय सुमनराज प्याकुरेल लगायतका नेताहरु प्रमुख वक्ताको रुपमा रहनेछन् ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?