Logo

सप्तरीमा लागु औषध सिहत २ युवक पक्राउ

Rato Pen १४ माघ २०७७, बुधबार ११:३२ मा प्रकाशित

सप्तरी, १४ माघ ।
सप्तरीमा लागुऔषध सहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा विष्णुपुर गाउँपालिका–४ का २० वर्षीय राजेश गुप्ता र सोही ठाउँका १९ वर्षीय सत्यदेव खंग रहेका छन् ।
मंगलवार साँझ जिल्लाको राजगढ गाउँपालिका–२ बनैनियाँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भुवनेश्वर प्रसाद साहले बताए ।
स १ प ९८७८ नम्वरको मोटरसाईकल सहित पक्राउ परेका दुवै जनाको साथबाट नाइट्रोभेट ट्याब्लेट ९० पिस बरामद भएको हो । दुवै जनामाथि सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?