Logo

सप्तरी प्रिमियर लिग मेयर कप चैत्र ८ गते देखि संचालनमा

Rato Pen ४ चैत्र २०७७, बुधबार १४:२३ मा प्रकाशित

चन्दनकुमार यादब
राजबिराज, ४ चैत्र ।
सप्तरी प्रिमियर लिग मेयर कप ( एसपीएल ) तेश्रो संस्करण चैत्र ८ गते देखि संचालन हुने भएको छ ।
राजविराज नगरपालिकाको सहयोग तथा सप्तरी क्रिकेट संघले आयोजना गर्दै आएको प्रतियोगितामा ५ वटा पÞm्रेन्चाइज् टिमहरु सहभागीता हुने छ ।
जसमा रुपनी राइडर्स, तिलाठी कोइलाडी, बजाज खडक वारियर्स, टिभिएस किंगस राजबिराज, बोदेबरसाईन थंन्डर्स रहेका छन ्।
सो प्रतियोगिताको लागि ५ वटै टोलीले मार्की र एक जना स्थानिय मारकी छनोट गरिसकेको थियो । जसमा तिलाठी कोईलाडी का लागि नेपाली क्रिकेट टोलीका उपकप्तान दिपेन सिँह ऐरी, त्यस्तै रूपनी राईडर्सका राष्ट्रिय टोलिका सदस्य कुशल भुर्तेल, टिभिएसमा राष्ट्रिय किर्तिमानी खेलाडी महबुव आलम, खजाज खडक वारिर्यस तर्फ नेपाल क्रिकेट टोलीका राष्ट्रिय खेलाडी पवन को मारकीमा सिधानद लोहनी रहेको छनोट गरिएको सप्तरी क्रिकेट सँघका अध्यक्ष आयुष श्रेष्ठ ले जानकारी दिएका छन
यसैगरी स्थानिय प्रतिभान खेलाडीहरूमा तिलाठीमा आशिष झा, रूपनीमा अनोज यादब, बजाजमा बिवेक यादब, टिभिएसमा रोहित सिँह तथा बोदेबरसाईनमा बिकास दास लाई चयन गरिएको छ ।
यसैगरी बुधवार राजबिराजमा खेलाडी छनोट खरिद बिक्री (अक्सन ) सम्पन्न गरेको छ भने सो अक्सनको प्रत्यक्ष प्रशारण ऐरिना टिभि वाट प्रशारण गरिएको थियो
उक्त अक्सन वाट ५ वटै टिमका लागि ७५ जना खेलाडीहरू खरिद बिक्री गरिएको छ, खरिद बिक्रीवाट ब्यक्तिगत प्रति खेलाडीले ५ हजार देखि २७ हजार सम्मको रकम कमाउने मोका पाउने छ ।
अघिल्लो संस्करण मा डाक्नेश्वरी ड्रागनले रुपनी राइडर्सलाई २ विकेटले पराजित गर्दै उपाधि जितेको थिए यसपाली डाक्नेश्वरी ले सहभागिता जनाएको छैन ।
“बिगतको दुईवटा संस्करण भन्दा यो पटक प्रतियोगिता स्तरीय र भव्य हुनेछ भने प्रत्येक वर्ष आयोजनाको स्तर बढाउदै लागेका छौँ ।”
यो पटक लिगमा राष्ट्रिय खेलाडीहरुको संख्या बढ्ने बताउदै श्रेष्ठले एउटा टिमले अन्तिम–११ मा ५ जना जिल्ला बाहिरका खेलाडीहरु समाबेश गर्न पाउने पनि जानकारी गराए ।
लिगको अघिल्लो संस्करण स्थानीय खेलाडी मेहबुब आलम सहित राष्ट्रिय क्रिकेटरहरु सुनिल धमला, मन्जित श्रेष्ठ, राजेश पुलामी, नन्दन यादव, प्रेम तामांग, हसिम अन्सारी, पुष्प थापा, अविनाश कर्ण, हरिशंकर शाह जस्ता राष्ट्रिय खेलाडीहरु लिगमा बिभिन्न टिममा आवद्ध रहेका थिए ।
श्रेष्ठका अनुसार प्रतियोगिताको खेलहरु पहिलो पटक राज रंगशालामा खेलिनेछ जहाँ दर्शकहरुले खेल हेर्न टिकट काट्नुपर्ने छ। यस अघि प्रतियोगिता पबि स्कुलमा आयोजना हुँदै आएको थियो ।
प्रतियोगिताको मिति घोषणा गरेपछि बोल्दै सप्तरी क्रिकेट सँघका अध्यक्ष आयुष श्रेष्ठले भने यो पटक प्रतियोगिता बिगतको संस्करण भन्दा स्तरीय हुने बताउनु भयो ।
सो प्रतियागितामा बिजेतालाई ३ लाख र उपबिजेता ले १ लाख ५० हजार पुरस्कार राखिएको क्रिकेट सँघका सदस्य रोशन मण्डलले जानकारी गराएको छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?