Logo

भारोत्तोलन खेलको मुलुककै कान्छी खेलाडी सम्मानित

Rato Pen ६ चैत्र २०७७, शुक्रबार १५:५६ मा प्रकाशित

राजविराज, ६ चैत ।
राष्ट्रिय भारोत्तोलनकै ११ वर्षिया कान्छी खेलाडी अम्बिका यादव शुक्रबार अध्ययनरत विद्यालय बाट सम्मानित भएकी छिन ।
उनी अध्ययनरत विद्यालय राजविराज ७ स्थित रोज पब्लिक स्कुलले एक कार्यक्रम गरी अम्बिकालाई सम्मान गरेको हो ।
राजविराजमा सम्पन्न प्रथम देवसुन्दर स्मृती राष्ट्रिय महिला तथा पुरुष भारोत्तोलन प्रतियोगितामा रजत पदक बिजेता नेपालकै कान्छी खेलाडी यादव ४५ केजी यूथ महिलातर्फ रजत पदक जितेकी थिइन ।
विद्यालय संचालक समितिका सदस्य एवं जसपा केन्द्रिय सदस्य दिनेश कुमार यादवले कदरपत्र र नगद पुरस्कार प्रदान गरेर उनलाई सम्मान गरे । विद्यालयले उनीसँगै भारोत्तोलनका प्रशिक्षक पुन्तिलाल यादवलाई समेत सम्मान गरेको छ ।
कक्षा ५ मा अध्ययनरत अम्बिकाले चैत १ गते राजविराजमा सम्पन्न राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा स्न्याचतर्फ ३० र क्लिन एण्ड जर्कतर्फ ३५ गरि ६५ केजि भार उचालेर सप्तरीका लागि रजत पदक जितेकी थिइन् ।
विद्यालयका प्रधानाध्यापक मुकेश झाको अध्यक्षतामा आयोजित सम्मान कार्यक्रममा नेपाल प्यावशनका केन्द्रिय सहमहासचिव शम्भु यादव, खेलकुद पत्रकार मंचका अध्यक्ष मनोज माझी, पत्रकार महासंघका सहसचिव चन्दन यादव, भारोत्तोलनका प्रशिक्षक पुन्तिलाल यादव लगायतले शुभकामना दिएका थिए ।
४५ केजि तौल समूहको महिलातर्फ रजत पदक ल्याउने ११ वर्षिया यादव मुलुककै पहिलो कान्छि खेलाडी भएको नेपाल भारोत्तोलन संघका केन्द्रिय महासचिव तिलक राउतले जानकारी दिए ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?