Logo

आइपिएल ः मुम्बईमाथि लगाम कस्यो पञ्जावले

Rato Pen १० बैशाख २०७८, शुक्रबार १५:२५ मा प्रकाशित

चेन्नई । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार बेलुका सुरु भएको खेलमा पञ्जाव किङ्ग्सले मुम्बई इन्डियन्सलाई रन बनाउन लगाम कसेको छ ।
टस जितेर मुम्बईलाई ब्याटिङमा निम्त्याएको पञ्जावले पावर प्ले अर्थात् ६ ओभर सकिँदा एक विकेट हात पार्दै २१ रनमा रोकेको छ ।
मुम्बईका प्रारम्भिक ब्याट्सम्यान क्विन्टन डिकक ३ रनको व्यक्तिगत स्कोरमा बाहिरिए ।
सातौं ओभरको अन्तिम बलमा इशान किसन पनि बाहिरिए । उनले ६ रनमात्र बनाउन सके ।
कप्तान रोहित शर्मा क्रिजमा संघर्षरत छन् । उनलाई सुर्यकुमार यादवले साथ दिइरहेका छन् ।
लिगको अंकतालिकामा मुम्बई चौथो नम्बरमा छ भने पञ्जाव सातौं नम्बरमा छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?