Logo

सप्तरीमा निषेधज्ञा अन्त भएकै दिन ५५ नयाँ संक्रमित थपिए

Rato Pen ३० भाद्र २०७७, मंगलवार १२:१० मा प्रकाशित

कृष्ण मण्डल
सप्तरी, ३० भदौं । लामो समय देखिको निषेधज्ञा सकिएकै दिन सप्तरीमा ५५ जना नयाँ कोरोना संक्रमित थपिएका छन ।
सप्तरी जिल्ला अदालतका चार कर्मचारी, छिन्नमस्ता अस्पताका दुई कर्मचारी र नेपाल प्रहरीका एक जना गरी समेत गरी जिल्लमा ५५ जना नयाँ संक्रमित फेला परेका छन ।
त्यसैगरी राजविराज नगरपालिका ३३ जना, हनुमाननगर कंकालनी नगरपालिका ६ जना, बलानविहुल गाँपालिका १ जना, शम्भुनाथ नगरपालिका १ जना र महदेबा गाँपालिका दुई जना रहेका छन भने जिल्ल बाहिर मोरङ्गका एक जना, सिरहाका एक जना र महोत्तरीका एक जना समेत गरी ५५ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालाय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिनु भयो ।
संक्रमित हुनेहरुमा अदालतका २६, ३०, ४० र ४९ वर्षीय पुरुष रहेका छन भने छिन्नमस्ता अस्पताका २१ वर्षीय एक पुरुष र २३ वर्षीय एक महिल रहेका छन् भने ३७ वर्षीय एक प्रहरी समेतमा संक्रमण भेटिएको स्वास्थ्य कार्यालायले जानकारी दिएका छन् ।
हिजो मात्रै कोभिड १९ संकट व्यवस्थापन समितिको बैठक बाट आज देखि सप्तरीमा निषेधज्ञा अन्त हुने निर्णय गरेका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?