सप्तरी, २ असोज ।
सप्तरीमा एक किशोरीलाई सामुहिक बलात्कार गरी आत्महत्या गर्ने बाध्य पारेका दुई बलात्कारी र तीन जना पञ्चायती गर्ने पञ्चहरुलाई सप्तरी प्रहरीको नियन्त्रण लिएका छन् ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्वर ७ ललितपुरकी १७ वर्षिया संगीता मण्डललाई गाउँकै चार जना मिलेर गत सोमबार बिहान खेतमा पानी पटाउन गएको बेलामा बलात्कार गरेको संगिताकी आमा रधिया देवी मण्डलले बताईन ।

फरार रहेका चारै जना बलात्कारी मध्ये १९ वर्षीय बब्लु भनिने सुमन कुमार मण्डल र १८ वर्षीय रञ्जित भनिने सरोज कुमार मण्डललाई सप्तरी प्रहरीले नियन्त्रमा लिइसकेको र २७ वर्षीय धर्म मण्डल र २५ वर्षीय विष्णु मण्डल अझै फरार रहेको सप्तरी प्रहरी प्रमुख राजेन्द्र धमलाले बताउनु भयो । त्यसै गरी पञ्चायतीको निर्णय सुनाउने पञ्चहरु ६० वर्षीय बासुदेव मण्डल, ५० वर्षीय सत्यनरायण मण्डल र ६५ वर्षीय जायकान्त मण्डललाई यस अघि नै पक्राउ गरि सकेका धमलाले बताउनु भयो ।

सोमबार खेतमा पानी पटाउन गएकी संगिता आफु सामुहिक बलात्कृत भएको कुरा संगिताले आमालाई सुनाइन् । त्यसपछि कानुनी उपचारको लागि प्रहरीमा उजुरी दिने भने कुरा निधो गरेकी रधियालाई गाउँलेहरुले प्रहरीमा गए ठिक हुदैन भनेर सोमबार साँझ नै पञ्चायती गरेर पिडितलाई ५५ हजार क्षतिपपुर्ती दिलाउने भनी पञ्चायतीले टुङ्गौ लगाइसके पछि । संगिताले आफुमाथि झन अन्या भएको भनेर कुरा सहन नसकेर सोमबारनै आफनै घरमा पासो लगाएर आत्महत्या गर्ने बाध्य भए उनकी आमा रधिया देवीले बताइन ।

दुई छोरा र एक छौरीकी आमा रधियाकी श्रीमान १२ वर्ष अगाडि नै मजदुरी गर्ने भारत गएका उतै हराए । अहिले जेठो छोरा विदेशमा छन भने कान्छौ छोरा दिदि संगिताको कृया बसेका छन ।
