राजबिराज, २३ छिन्मस्ता गाउपालिका वडा ६ स्थित काेचाबखारीमा समाजिक दुरी कायम गरेर तीन दिने बाल भिते पत्रकारिता तालिम सुरू भएको छ ।
बालबालिकाले बाल क्लबका गतिबिधि गाउँघरका समस्या , बिकासका कार्य तथा आफ्ना प्रतिभालाई भितेपत्रिका मार्फत प्रभावकारी तरिकाले प्रकाशन गर्ने उदेश्यले सो तालिमको सञ्चालन गरिएको छ।शुक्रवार देखि सेभद सप्तरी को आयोजना मा तथा सेभद चिल्ड्रेनको सहयोगमा तीन दिने तालिमको आयोजना गरिएको हो । बालवालिकाहरूले तालिम प्रशिक्षण वाट समाचार लेख्न सक्ने, भिते पत्रिकाको मार्फत गाउँघरका समस्या तथा बिकृति, भष्टाचार, अन्धबिश्वासलाई समाचारको माध्यमले कम गर्ने सहयोग पुग्ने उदेश्यले तालिमको आयोजना गरिएको सेभद सप्तरीका राजिव चाैधरीले जानकारी दिएका छन ।
सो तालिमवाट बालबालिकाहरूको सिपमा बिकास हुने र नियमित बालभिते पत्रिका निर्माण गर्ने, साथै सार्वजनिक ठाउमा टान्ने छ । स्थानियहरूले बाल भिते पत्रिका पढेर सचेत र शिक्षित, तथा सही निर्णय लिन सकने क्षमताको बिकास हुने सेभद सप्तरीका कार्यक्रम सुपरभाईजर राजिब चौधरीले बताए । २० जना सहभागिता रहेको तालिममा नेपाल पत्रकार महासँघ सप्तरीका सहसचिव चन्दनकुमार यादबले सहजिकरण गरिरहेकाे छ ।