Logo

ब्रह्मचार्यद्वारा सैनिक विधालय भवन निरिक्षण

Rato Pen ३ कार्तिक २०७७, सोमबार १२:५० मा प्रकाशित

ललिता साह

सप्तरी, ३ कार्तिक । सशस्त्र प्रहरीले सीमा सुरक्षामा जनशक्ति सशस्त्र प्रहरी बल प्रदेश–२ मुख्यालय छिन्नमस्ता बाहिनी बर्दिवासका प्रमुख तथा बाहिनीपति (सशस्त्र प्रहरी नायब महानिरीक्षक) कृष्णभक्त ब्रह्मचार्यद्वारा सोमबार सैनिक विधालयको निर्माणाधिन एक भवनको निरीक्षण गरिएको छ। सप्तरी को शम्भूनाथ नगरपालिकाको वडा नम्बर ११ लहरनिया स्थित नेपाल सरकारको लगानीमा एपीएफले निर्माण गर्ने लागेको सैनिक विधालयको निर्माण प्रगतिको अवस्था बारे बुझ्न डिआईजी ब्रह्माचार्यले स्थलगत निरीक्षण गरिएको छ।

सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनालद्वारा आर्थिक वर्ष २०७६-७७ मा शिलान्यास गरिएको भवनको एक बर्षभित्रै निर्माण सम्पन्न गरेको छ। महादेव खिम्ती निर्माण सेवा काठमाण्डौले ६ करोड ५१ लाखमा ठेक्का पाएका भवनको झण्डै ५ विघा क्षेत्रफलमा मापदण्ड अनुसार नै निर्माण गरिएको वडा अध्यक्ष शम्भु चौधरीले बताए । डिआइजी ब्रह्मचार्यको अनुसार- आउदो बैशाखबाट पठनपाठन कार्य संचालनमा ल्याउने लक्ष्यका साथ निर्माण कार्य तीव्र रूपमा भइरहेको छ। जस अनुरूप पहिलो चरणमा अध्ययन अध्यापन गराउन पुग्ने जतिको ठूलो भवनको निर्माण कार्य सम्पन्न भइसकेको र भान्सा, होस्टल, क्वाटर लगायतका दोस्रो चरणको निर्माण पनि छिटै सकिने वहाँले बताए । उक्त विद्यालय सञ्चालनमा आएपछि यस भेगको मात्र मै नभई देशैभरिका लाखौ विधार्थी गुणस्तरीय शिक्षा प्राप्तगर्न सकिने शम्भूनाथ नगरपालिकाको नगर प्रमुख योगेन्द्र चौधरीको। भनाई रहेको छ सैनिक विधालयको लागि करिब ९ विघा जग्गा दुई वर्ष अघि नै सप्तरी निवासी दानवीर जोगेन्द्र भगतले सशस्त्र प्रहरी बललाई दान दिएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?