सप्तरी, १२ कार्तिक ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–२ बरमझियामा आज सवारी दुर्घटना हुँदा एक वृद्धको मृत्यु भएको छ ।
बाटो काट्ने क्रममा पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १८ च ७७३४ नम्वरको कारले ठक्कर दिँदा स्थानीय ७५ वर्षीय तीलक सुरेत यादवको मृत्यु भएको हो ।
ठक्करबाट यादवको घटनास्थलमै मृत्युभएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक नरेश कुमार सिंहले जानकारी दिनुभयो । कार र चालक प्रहरीको नियन्त्रणमा रहेको जानकारी दिएको छ ।
लोकप्रिय समाचार