
बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकामा मगरागढी प्राथमिक स्वास्थ्य केन्द्र (हाल आर सी थारु मेमोरियल नगर अस्पताल) मा सिकलसेल उपचार केन्द्र सञ्चालन हुने भएको छ । आर सी थारु मेमोरियल नगर अस्पताल र नर्सिङ्ग तथा सामाजिक सुरक्षा महाशाखा बीच यहि बैशाख २० गते सम्झाैता भई सञ्चालन हुने भएको हो ।
नर्सिङ्ग तथा सामाजिक सुरक्षा महाशाखाको तर्फबाट निर्देशक रोसनी लक्ष्मी र बारबर्दियाको आर.सि. थारु मेमोरियल नगर अस्पतालकाे तर्फबाट डाक्टर राेसन सापकोटाले सम्झाैता पत्रमा हस्ताक्षर गर्नु भएको छ । उक्त नगर अस्पतालबाट सिकलसेल एनिमिया रोगका बिरामीहरुलाई नेपाल सरकारले प्रदान गरेको सहुलियत तथा औषधी, औषधीजन्य सामाग्री, शल्यक्रिया, शैया र प्रयोगशाला आदि सेवा निशुल्क रुपमा प्रदान गर्ने छ ।
बारबर्दियाका नगर प्रमुख दुर्गा बहहादुर थारु, नगर उपप्रमुख अञ्जु दहित लगाएतको अथक प्रयासले सिकलसेल उपचार केन्द्र सम्भब भएको हो । बारबर्दिया नगरपालिका देशमै पहिलो स्थानीय सरकार मातहतको निकायले यो सेवा प्रदान गर्ने भएको छ। अब सिकलसेल उपचारका लागि भेरी अस्पताल नेपालगंज र बर्दिया अस्पताल गुलरिया जानुपर्ने बाध्यता पनि अन्त्य भएको छ ।