Logo

बर्दियामा एक युवकको होमआईशोलेशनमै मृत्यु

Rato Pen २३ बैशाख २०७८, बिहीबार १४:१७ मा प्रकाशित

–टिकाराम चौधरी

बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाको वडा नम्बर ८ का एक युवाको कोरोनाका कारण घरमै मृत्यु भएको छ । कोरोनाकै कारणले सिमिस्त हुनु भएका युवालाई बुधबार साँझमात्र एम्बुलेन्सबाट अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । बारबर्दिया ८ का ३८ बर्षीय युवाको मुत्यु भएपछि बर्दिया जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ । बर्दियामा सक्रिय कोरोना संक्रमितको संख्या २ हजार भन्दा बढि रहेको स्वास्थ्य कार्यालय बर्दियाका सुचना अधिकारी नरेश श्रेष्ठले जानकारी गराउनु भएको छ ।

बारबर्दियाका मृत्यु हुने ३८ बर्षीया पुरुष यहि बैशाख १७ गते बाँसगढीको माछागढमा रहेको कोभिड अस्पतालमा एन्टिजीन टेष्ट गराउदा उहाँ र उहाँको श्रीमतीकोमा पनि पोजेटिभ रिपोट आएको थियो । उहाँहरुको रिपोट पोजेटिभ आएपछि कोही कसैलाई जानकारी नगराई होम आईशोलेशनमा बस्दै आउनु भएको बारबर्दिया नगरपालिकाका कोभिड-१९ फोकल पर्सन गोबिन्द पौडेलले जानकारी गराउनु भएको छ । उहाँको मृत्यु भएपछि मात्र कोभिड टेष्ट गरेको छ की छैन भनेर बुझ्न खोज्दा छिमेकी बाँसगढी नगरपालिकामा गएर टेष्ट गराएको थाहा भएको हो ।

उहाँको परिवारमा श्रीमती र दुई सानासाना छोराछोरी गरी चार जनाको परिवार रहेको थियो । उहाँको श्रीमतीलाई पनि कोरोना पोजेटिभ रहेको भएपनि स्वास्थ्य अवस्था सामान्य रहेको छ । हाल छोरोछोरीहरुको कोभिड टेष्ट गरिएको छैन । बारबर्दियामा हाल नगरकोभिड अस्पतालमा ९ जना उपचार गराईरहेका छन् भने सक्रिय कोरोना पोजेटिभ भएका ब्यक्ति १ सय ६१ जना रहेका छन् । कोरोना पोजेटिभ भएका बिरामीहरु निरन्तर स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिहरुको सम्पर्कमा रहन बारबर्दिया नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख डिल्लीराज शर्माले जानकारी गराउनु भएको छ ।

 

मृत्यु

लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?