Logo

आर.सी.थारु मेमोरियल नगरअस्पतालको अध्यक्षमा भागिराम चौधरी

Rato Pen २६ बैशाख २०७८, आईतवार १७:०८ मा प्रकाशित

बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकामा रहेको आर. सी. थारु मेमोरियल नगरअस्पतालको नवर्निवाचित अध्यक्ष तथा सदस्यहरुलाई स्वागत तथा पदभार ग्रहण गराईएकोे छ । बारबर्दिया नगरपालिकाका नगरप्रमुख दुर्गाबहादुर थारुले अध्यक्ष भागिराम चौधरी र सदस्य उर्मिला परियार र पबिता थारुलाई स्वागत तथा पदभार ग्रहण गराउनु भएको हो ।
बारबर्दिया नगरपालिकाले मगरागाडी प्राथमिक स्वास्थ्य केन्द्रलाई नगरअस्पतालको रुपमा ०७७ चैत १ गते देखि संञ्चालनमा ल्याएको छ । अस्पताल संचालनमा ल्याएपछि बारबर्दिया नगरपालिकाको नगर स्वास्थ्य ऐन २०७६ अनुसार भागीराम चौधरीको अध्यक्षतामा नगर अस्पताल बिकास समिति गठन गरिएको छ । उहाँहरुलाई बारबर्दिया नगरपालिकाको २०७७ चैत २० गते बसेको कार्यपालिकाको बैठकको निर्णय अनुसार नियुक्त गर्ने निर्णय गरेको थियो । ऐन अनुसार नगर प्रमुख र नगरउपप्रमुख संरक्षक रहने र बारबर्दिया नगरपालिकाका भित्रका सामाजिक क्षेत्रमा कामगरिरहेको स्नातक तह सम्मको अध्ययन गरेको ब्यक्ति अध्यक्ष रहने र नगर कार्यपालिकाले निर्वाचन गरेका एक महिला सदस्य र एक दलित महिला सदस्य रहने र स्वास्थ्य शाखाका प्रमुख सदस्य र अस्पतालका मेडिकल अधिकृत तथा अस्पतालका प्रमुख सदस्य सचिव रहने ब्यबस्था रहेको छ ।


पदभार ग्रहण कार्यक्रममा बारबर्दिया नगरपालिकाका नगरप्रमुख तथा नगरअस्पतालका संरक्षक दुर्गाबहादुर थारु कबिरले बारबर्दिया नगरपालिकाले लुम्बिनी प्रदेशमा पहिले नगर स्वास्थ्य ऐन बनाएर नगर अस्पताल संचालनमा ल्याएको बताउनु भएको छ । बारबर्दिया नगरपालिकाका नागरिकहरुलाई डाक्टरी सेवा लिनका लागि सदरमुकाम गुलरिया या छिमेकी जिल्ला बाँके जानुपर्ने बाध्यतालाई मध्यनजर गरेर नगरअस्पताल स्थापना गरेको बताउनु भएको छ । अस्पताल संचालनमा ल्याएर कोभिडको महामारीमा पनि कोभिड बिरामीहरुको पनि उपचार गरिरहेको बताउनु भएको छ ।
नगरअस्पतालका अध्यक्ष भागीराम चौधरीले पदभार ग्रहण गर्दै अस्पताल बिकासका लागि आफुले सक्ने जति नै राम्रो बनाउनलाई प्रयास गर्ने बताउनु भएको छ । बिशेष गरेर अहिले महामारीको रुपमा फैलिएको कोरोना भाईरसको रोकथामको ब्यबस्थापनका लागि आफु र आफ्नो टिम दतेर लाग्ने बताउनु भएको छ । जसका लागि बारबर्दिया नगरपालिका तथा अस्पतालका कर्मचारीहरु पनि एक मत भएर अगाडी बढ्नु पर्ने कुरामा जोड दिनु भएको छ ।
पदभार ग्रहण कार्यक्रममा बारबर्दिया नगरपालिकाका नगरउप्रमुख अञ्जु दहित, प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढा, लेखा अधिकृत बसन्तबहादुर शाही, स्वास्थ्य शाखाका प्रमुख डिल्लीराज शर्मा, नगर अस्पतालका प्रमुख रोसन सापकोटा लगाएतको सहभागिता रहेको थियो ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?