Logo

युनिक नेपाल विश्वका उत्कृष्ट वित्तीय संंस्थाहरुको सूचीमा

Rato Pen २७ बैशाख २०७८, सोमबार १५:३१ मा प्रकाशित

–टिकाराम चौधरी

युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिडेटले अन्तराष्ट्रिय स्तरको स्मार्ट क्याम्पियन सर्टिफिकेट (प्रमाणपत्र) प्राप्त गरेको छ । अमेरिकाको वासिंगटन डिसीमा मुख्य कार्यालय रहेको स्मार्ट क्याम्पेनले नेपालको बाँके जिल्लाको कोहलपुरमा केन्द्रिय कार्यालय रहेको युनिक नेपाल लघुवित्त वित्तीय संस्थालाई अन्तर्राष्ट्रियस्तरको स्मार्ट क्याम्पियन सर्टिफिकेट प्रदान गरेको हो ।स्मार्ट क्याम्पियनले निर्धारण गरेका ग्राहक सुरक्षणका सात सिद्धान्त त्यसैगरि १ सय ९२ मानकहरु वित्तीय संस्थाले पूर्ण रुपमा पालना गरेको पाएको छ । युनिक नेपाल ग्राहक सदस्य सुरक्षणमा अब्बल संस्थाको रुपमा रहेको भनि अमेरिकामा रहेको नियमनकारी निकाय स्मार्ट क्याम्पेनले उक्त प्रमाणपत्र दिने घोषणा गरि सम्मानित गरेको छ ।

युनिक नेपाल अन्तर्राष्ट्रिय स्तरको मापदण्ड पूरा गरेका विश्वका उत्कृष्ट वित्तीय संंस्थाहरुको सूचीमा सुचिकृत भएको छ । विशेषगरि सेवाग्राही सदस्यहरुलाई अधिक कर्जा भार हुनबाट बचाउने, वित्तीय सेवा निर्माण, परिमार्जन तथा वितरणमा उपयुक्त र प्रभावकारी प्रक्रिया अवलम्बन गरिरहेको छ । सेवाको मूल्य निर्धारण गर्दा जिम्मेवार बन्ने, वित्तीय सेवा प्रवाह गर्दा लाग्ने शुल्क तथा मूल्य बारे पारदर्शिता कायम गर्ने, सदस्यहरुसँग सम्मानजनक व्यवहार गर्ने, सदस्यहरुका तथ्याङ्क तथा सूचनाहरु गोप्य राख्ने र सदस्यहरुको गुनासो सुनुवाई संयन्त्र चुस्त र दुरुस्त बनाउने कार्यमा संस्थाले महत्वपुर्ण भूमिका खेल्दै आएको छ । ग्राहक सुरक्षणका सातै सिद्धान्तहरु युनिक नेपाल लघुबित्त वित्तीय संस्थाले पूरा गरेको स्मार्ट क्याम्पियले ठहर गर्देै स्मार्ट क्याम्पियन सर्टिफिकेट (प्रमाणपत्र) दिइएको युनिक नेपालका मानव संसाधन विभाग प्रमुख मदन चौधरीले बताउनु भएको छ ।


यसरी विभुषित हुनेमा युनिक नेपाल. नेपालको पहिलो वित्तीय संस्था बनेको छ । अन्तराष्ट्रियस्तरको स्मार्ट सर्टिफिकेट प्राप्त गर्न संस्था सफल भएकोमा युनिक नेपालका कार्यकारी निर्देशक तथा लघुबित्त बिज्ञ तथा सामाजिक अभियन्ता डा.गोपाल दहितले खुशी व्यक्त गर्दै गर्नु भएको छ । डा.दहितले यो नेपालको लघुवित्त क्षेत्रकै लागि एउटा ठूलो उपलब्धी भएको बताउनु भएको छ । उहाँले ‘स्मार्ट सर्टिफिकेट पाउँदा हामी माथि थप जिम्मेवारी बढेको महसुस गरेको बताउनु भएको छ । युनिक नेपालले सन् २०१५ देखि सदस्य सुरक्षणमा स्मार्ट सर्टिफिकेट पाउनको लागि निरन्तर प्रयास गर्दै आइरहेको थियो । यो ऐतिहासिक सफलता प्राप्त गर्न सहयोग गर्नु हुने सक्षम च्यालेन्ज फण्ड, गुड रिटर्न र एमक्रिल संस्थाप्रति युनिक परिवार हृदयदेखि आभार प्रकट गर्दै आगामी दिनमा ग्राहक संरक्षणको ७ सिद्धान्तलाई प्रभावकारी कार्यान्वयन गर्न दृढ अठोटका साथ अगाडी बढ्ने वित्तीय संस्थाको कार्य योजना रहेको कुरा कार्यकारी निर्देशक डा.गोपाल दहितले बताउनु भयो ।

हालसम्म विश्वका ४० देशका १३५ वटा वित्तीय संस्थाहरु मात्र यस स्मार्ट सिर्टिफिकेट प्राप्त गर्न सफल भएका छन । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले २०५७ साल देखि पछाडी पारिएको वर्ग थारु, दलित, मुसलिम, आदिबासी जनजाती, सिमान्तकृत समुदाय गरिबीको रेखामुनी रहेका महिलाहरुलाई लघुवित्त कार्यक्रमबाट आर्थिक रुपमा सवलीकरण गर्न तथा क्षमता अभिवृद्धी गर्न ग्रामीण क्षेत्रमा कार्य गदै आएको छ । हाल युनिक नेपाल लघुवित्त वित्तिय संस्थासंग करिब ८३ हजार भन्दा बढी महिला दिदीबहिनीले लघुवित्त सेवा लिदै समुहमा बसेका छन् । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले कैलाली, कञ्चनपुर, बांके, बर्दिया, दाङ, कपिलवस्तु, गरी ६ वटा जिल्लामा ३८ वटा शाखा मार्फत सेवा गदै आएको छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?