
सिग्देल बन्धु प्रतिष्ठान अन्तरगत प्रकाशपुर इकाई सुनसरीका बन्धुहरु को भर्चुअल भेला बाट कार्य समिति पुनर्गठन भएको छ । प्रतिष्ठानका सचिव शुभाष सिग्देलको सहभागितामा पुर्व केन्द्रिय उपाध्यक्ष हेमराज सिग्देलको अगुवाइमा भेलाले कार्य समिति पुनर्गठन गरेको हो ।
पुनगर्ठन भएको समिति ले सल्लाहकार समिति समेत गठन गरेको छ । नयाँ कार्यसमितिलाई आगामी वर्ष हुने कुल पूजा, व्यवस्थापन देखि विधान अनुसार गर्नुपर्ने कामको समेत जिम्मेवारी रहेको छ । नव निर्वाचित समितिमा अध्यक्षमा पर्शुराम सिग्देल, उपाध्यक्ष दिपक सिग्देल, सचिव सुमन सिग्देल, कोषाध्यक्षमा डम्बरकुमारी सिग्देल, सदस्य मेनुका, नारायण, राधा, मन्दिप, र बिष्णु सिग्देल रहनु भएको छ । यसैगरी सल्लाकार समितिमा देबीचरण, शिवप्रसाद, अम्बरप्रसाद, नारायणप्रसाद, हेमराज र सिताराम सिग्देल चयन हुनु भएको छ ।
नव निर्वाचित कार्यसमिति र सल्लाहकार समितिलाइ केन्द्रिय प्रतिष्ठानको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्ते केन्द्रिय कार्यालय गैंडाकोटले गरेको मेघराज सिग्देलले जानकारी गराउनु भएको छ ।