
बारबर्दिया
बर्दिया जिल्लाको बारबर्दियामा स्थापना भएको आर. सी. थारू मेमोरियल नगर अस्पतालमा Cardiac Monitor सहितको स्वचालित ICU Bed जडान भई सन्चालनमा आएको छ । इमरजेन्सीको रुपमा आवश्यक पर्ने कुरालाई मध्यनजर गर्दै जिल्ला अस्पतालमा ल्याइराखिएको icu bed लाई बारबर्दियाको नगर अस्पतालमा ल्याई जडान गरिएको हो ।
आज देखि केहि जटिल प्रकृतिको कोभिडको बिरामीलाई पनि यहाँ उपचार गर्न सकिने छ । यहाँबाट रिफर गर्दा कोहलपुर तथा नेपालगन्जमा बेड नपाइने समस्यालाई केहि हद सम्म यसले पक्कै पनि समाधान गर्ने छ ।
बर्दियाको जिल्ला अस्पतालमा भने लुम्बिनी परदेशको सहयोगमा करिब एकहप्ता अघिल्याईएको उक्त आईसियु बेड जडान गर्न सकिएको छैन । सोहीबाट ल्याएर नगरअस्पतालले जडान गरिसकेकाे स्वास्थ्य शाखाका संयोजक डिल्लीराज शर्माले जानकारी गराउनु भयो ।
हाल नगरअस्पतालमा १० जना बिरामी उपचाररत रहेको २ जना ईमरजेन्सीमा भर्ना रहेको बारबर्दिया कोभिड फोकलपर्सन गोबिन्द पाैडेलले जानकारी गराउनु भएको छ ।