Logo

वडा अध्यक्ष कृष्णराज सिग्लदेलको उदाहणीय काम

Rato Pen ९ जेष्ठ २०७८, आईतवार १७:४० मा प्रकाशित

झापा जिल्लाको मेची नगर नगरपालिका वडा नं १३ चारआलीका वडाध्यक्ष तथा सामुदायिक विध्यालय अभिभावक सँघका केन्द्रिय सदस्य तथा प्रदेश नं १ का संयोजक कृष्णराज सिग्लदेलले अलपत्र परेको गर्भवती महिलालाई उद्धार गर्नु भएको छ । समुदायमा अलपत्र परेकी गर्भवती कञ्चन रिजाललाई श्रीमानले (कोरोना लागेको भन्ने सुन्ने बित्तिकै) छोडेर भागेको अवस्थामा उद्धार गर्नु भएको हो ।
समाजका नागरिकले छुन चलाउन नसकिरहेको सार्वजनिक स्थलमा रोईरहेकी पीडित बेवारिसे युवतिलाई यहि जेठ ४ गते आफु असुरक्षित अवस्थामै रहेर पनि एम्वुलेन्स बोलाई आफैले बोकेर एम्वुलेन्स भित्र राखी अस्पताल पुर्याउनु भएको छ । हाल सम्म पनि आफ्नै रेखदेख र आवस्यक पर्ने सामग्रीहरु जुटाईदिरहनु भएको छ । उहाँले छोडेर भागेकालाई नियन्त्रणमा लिएर आज मात्र फेरी यहाँको श्रीमतीलाई उहाँको श्रीमानलाई रेखदेखको लागि बुझाईएको छ ।
अभिभावक सँघका केन्द्रिय पदाधिकारी तथा सदस्य र प्रदेश तथा जिल्ला समितिका पदाधिकारी सदस्यलाई आफु सुरक्षित रहेर कोरोना पीडित तथा संक्रमित हरुलाई उद्धार कार्यमा सक्रिय सहयोग पुर्याउने सबैलाई सामुदायिक विद्यालय अभिभावक संघका अध्यक्ष राम प्रसाद न्यौपानेले धन्यवाद दिन भएको मेघराज सिग्देलले जानकारी गराउनु भएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?