
टीकाराम चौधरी
बारबर्दिया – जेठ ९ गते
बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकामा रहेको आर.सी. थारु नगर अस्पताललाई रोटरी क्लब अफ बर्दियाले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोरोना महामारीको बेलामा कोरोना रोकथाम, नियन्त्रण र ब्यबस्थापनमा सहयोग पुर्याउने उदेश्यका लागि नगर अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरीएको हो ।
रोटरी क्लब अफ बर्दियाका सुधान्सु शर्मा, रम्मापुरका स्थानीय समाजसेवि पतिराम थारुका साथै सहयोग संकलनमा अहोरात्र खतिरहनु भएका स्थानीय समाजसेवि रम्मापुरका युवा तिर्थ पौडेलको सक्रियतामा संकलित सामाग्री बारबर्दिया नगरपालिकाका नगरप्रमुख दुर्गाबहादुर थारु, नगर उप्रमुख अञ्जु दहित, प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढा, आर.सी. थारु नगरअस्पतालका अध्यक्ष भागिराम चौधरी, मे.सु. डाक्टर रोसन सापकोटा लगायतलाई एकमुस्ट रुपमा स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको छ ।
हस्तान्तरण गरिएको सामाग्रीमा अक्सीमिटर १ थान, अक्सिजन कन्सन्टेटर २ थान, सिनिटाईजर ५ लिटर र ५ सय एमएलका १० ओटा, सर्जिकल ग्लोव ५० जोडा, एन नाईटी फाईब ८८ ओटा र सर्जिकल मास्क १ सय ओटा रहेको छ । बारबर्दिया नगरपपालिकाका नगरप्रमुख दुर्गाबहादुर थारुले कोरोनाको संक्रमण बढिरहेको बेलामा रोटरी क्लबका युवाहरु जस्तै सबै युवाहरु सक्रिय र क्रियाशिल हुन पर्ने आबश्यकता रहेको बताउनु भएको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि तीनै तहका सरकार लगायत सबै सरोकारवालाहरुले एकजुट भएर लाग्नु पर्ने कुरामा जोड दिनु भएको छ । साथै रोटरी क्लबका युवाहरुलाई नगर अस्पताललाई स्वास्थ्य समाग्री उपलब्ध गराएकोमा धन्यबाद ज्ञापन गर्नु भएको छ । रोटरी क्लब अन्तराष्ट्रिय सामाजिक संस्था हो । यसले सामाजिक क्षेत्रमा स्वास्थ्य, शिक्षा वातावरण लगायतको क्षेत्रमा काम गरिहेको रोटरी क्लबका अध्यक्ष शुभमान श्रेष्ठले जानकारी गराउनु भएको छ ।
बारबर्दिया नगरपालिकाले आर.सी. थारु नगरअस्पतालमा अस्थायी कोभिड अस्पताल बनाएर आईसियु सहितको सेवा प्रदान गरिरहेको छ । उक्त अस्पतालले प्रभावकारी सेवा दिईरहेको सेवाग्राही तथा सरोकारवालाहरुको भनाई रहेको छ । उक्त अस्पतालका इमरजेन्सी तथा ओपीडी सेवा संगै सिकलसेल रोग परिक्षण तथा परामर्श सेवा प्रदान गर्दै आईरहेको अस्पतालका अध्यक्ष भागिराम चौधरीले जानकारी गराउनु भएको छ ।