
बारबर्दिया– जेठ ९ गते
बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाले कोभिड १९को रोकथाम, नियन्त्रण र ब्यबस्थापनका लागि अक्सिजन सिलिन्डर र आबश्यक एन्टीजेन किट खरिद गरेको छ । नगरपालिकाले आफ्नै खर्चमा ४० लिटरका १६ वटा नयाँ सिलिन्डर र आबश्यक पर्ने ऐन्टीजेन किट खरिद गरेको हो ।
आर.सी.थारु मेमोरियल नगर अस्पतालमा संचालन गरिएको अस्थायी कोभिड अस्पतालमा रहेको २५ बेड सबै अक्सिजन सहितको भएको नगरअस्पतालका प्रमुख डाक्टर रोशन सापकोटाले जानकारी गराउनु भएको छ । अस्पतालमा १६ वटा नयाँ अक्सिजन ग्याँस सिलिन्डर खरिद गरेपछि २८ वटा ठूला, ६ वटा सानो र ५वटा अक्सिजन कन्सन्टेटर गरि ३९ वटा भएको छ । उक्त सिलिन्डरले २५ बेडलाई पर्याप्त हुने बारबर्दिया स्वास्थ्य शाखाका प्रमुख डिल्लीराम शर्माले जानकारी गराउनु भएको छ ।
बारबर्दिया नगरपालिकाले आईसियु बेड सहित २५ बेडको नगरअस्पताल संचालन गरिरहेको छ । अस्पतालमा निरन्तर कोरोना परिक्षणका कामहरु पनि गरिरहेको छ । आज मात्रै आफ्नै खर्चमा अक्सिजन सिलिन्डर र आवश्यक अनुसार एन्टिजेन किट खरिद गरेर ल्याएको नगरप्रमुख दुर्गाबहादुर थारु (कबिर) ले जानकारी गराउनु भएको छ । उहाँले बारबर्दिया नगरपालिकाले कोरोना जस्तै लक्षण देखिएका बिरामीहरुलाई नगर अस्पतालमा आएर कोरोना परिक्षण गराउन अनुरोध गर्नु भएको छ ।
नगरपालिकाले कोरोना बिरामीहरुको पुर्ण निशुल्क औषधी गर्नुका साथै बिरामी तथा बिरामी कुरुवाहरुलाई निशुल्क खाना समेत खुवाई रहेको छ । अस्पतालमा चौबिसै घण्टा डाक्टर सहितको स्वास्थ्यकर्मीहरुद्धारा इमरजेन्सी सेवा, ओपिडी सेवा तथा सिकलसेल रोगको उपचार तथा परामर्श सेवा संचालन गर्दै आएको छ ।
आर.सी. थारु नगर अस्पताललाई रोटरी क्लबद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण
बारबर्दिया नगरपालिका