
२०७८ जेठ १९ गते
बारबर्दिया
आर.सी. थारु मेमोरियल नगरअस्पतालका प्रमुख डाक्टर रोसन सापकोटाले अस्पतालका बिरामीहरुलाई आफ्नो जन्मदिनमा केक बाड्नु भएको छ । यहि जेठ १९ गते पर्न गएको जन्मदिनमा अस्पतालमै जन्मदिन मनाएर कोरोना तथा जनरल बिरामीहरुलाई केक बाड्नु भएको हो ।
बारबर्दिया नगरपालिकाका नगरप्रमुख दुर्गाबहादुर थारु, नगर उपप्रमुख अञ्जु दहित सहित जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढा, नगरपालिकाका कर्मचारी, नगर अस्पतालका डक्टर, स्वास्थ्यकर्मी तथा कमचारीहरुको सहभागिता रहेको थियो । नगरअस्पतालका प्रमुख डाक्टर सापकोटाले नगरप्रमुख सहित बिरामीहरुलाई क्रमशः केक बाँड्नु भएको थियो । कोरोना महाँमारीको समयमा अस्पतालमा स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई उत्साह थप्न र कोरोना संक्रमित बिरामीहरुको मनोबल बढाउनमा सहयोग पुग्ने उदेश्यले अस्पतालमै जन्मदिन मनाएको बताउनु भएको छ ।
बारबर्दिया नगरपालिकाले यहि चैत १ गते खेदि आर.सी. थारु मेमाेरियल नगरअस्पताललाई संचालनमा ल्याएको छ । अस्पताल स्थापना संगै कोरोनाको महामारी बढ्नथालेपछि, सोही अस्पतालमा कोरोना बिशेष अस्थायी अस्पतालको रुपमा संचालन गरिएको छ । साथै अस्पतालबाट संचालनहुने सबै सेवाहरु प्रदान गरिरहेको छ । बारबर्दियामा नगर अस्पतालको स्थापना भएदेखि स्थानीयहरु सहजपहुचको रुपमा डाक्टरी सेवा पाईराख्नुभएको छ । कोभिड बिरामीहरु भने पुर्ण निशुल्क रुपमा औषधी गराईराख्नु भएको छ ।