
साउन २८ गते
द्वन्द्वपीडित युवाहरुको सवाल सम्बोधन गर्न बढैयाताल गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक दीपाकुमारी गौतम प्रतिवद्ध रहेको बताउनु भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा द्वन्द्वपीडित युवाहरुको सवाल सम्बोधनका लागि स्थानीय सरकारको भूमिका विषयमा संवाद कर्यक्रममा आफ्नो पालिका प्रतिबद्ध रहेको बताउनु भएको हो ।
मानव अधिकार संरक्षण समितिका संयोजक बीरबहादुर थारुको सभापतित्वमा भएको उक्त अन्तर संवादमा उपाध्यक्ष गौतमले युवाहरुको विकासका लागि विशेष योजनाकासाथ काम गरिरहेको, सीपमूलक , आयमूलकतालिम युवा लक्षित रहेको जानकारी गराउनु भएको छ । द्वन्द्वपीडितको सवाल पहिचान र समस्या समाधान गर्न विशेष पहल भइरहेको छ । पीडितहरुको योजना आएमा हामी काम गर्न सक्ने प्रतिवद्धता जनाउनु भयो । महिला, कानुन र विकास मंचका संयोजक सुशील चौधरीले कार्यक्रमको औचित्य माथि प्रकाश पार्ने क्रममा युवाहरु भोलिका आशाका किरण भएकाले चालिस प्रतिशत बढी युवाहरुलाई लक्षित गरी कार्यक्रम आउनु पर्ने, विकासमा युवा सहभाागिता जनाउने परिवेश सिर्जना गर्न सक्दा दिगो विकासले लय समात्ने बताउनु भयो । द्वन्द्वपीडित समितिका अध्यक्ष भागिराम चौधरीले संक्रमणकालीन न्याय बारेको साझा बुझाई बनाउन सक्दा र स्थानीयतहले यसलाई जिम्मेवार ढंगले लिंदा धेरै काम गर्न सकिने धारणा राख्नु भएको थियो । इन्टरनेशनल एलर्टका एमएनई अधिकृत शोभा चौधरीले युवानीति, २०७२ र युवा रणनीति २०२५का प्रावधान बारे चर्चा गरेका गर्नु भएको थियो ।
युवा सहभागीहरुले युवाहरुका लागि शिक्षा, रोजगार, सुरक्षा, व्यवसायिक सहयोगका लागि स्थानीय सरकारले विशेष कार्यक्रम बनाएर लागु गर्नु पर्ने माग गर्नु भएको थियो । मानवअधिकार संरक्षण समितिका संयोजक बीरबहादुर थारुले युवाहरुले उठाएका सवालहरु गाउँपालिका स्तरीय मानवअधिकार कार्ययोजनामा समावेश गर्ने, मुक्तकमैया र भूमिहिनहरुको सवाल सम्बोधन गर्न सबैको ध्यान जानु पर्ने बताउनु भएको थियो ।
संयुक्त रुपमा आयोजना गरिएको संवाद कार्यक्रममा महिला, कानुन र विकास मंच, इन्टरनेशनल अलर्ट, टिपिओ, द्वन्द्वपीडित समिति, मानवअधिकार संरक्षण समिति, संक्रमणकालीन न्यायका लागि जिल्ला संजाल, मैगर सामुदायिक संस्था, कालिका सामुदायिक पुस्तकालय, थारु महिलाउत्थान केन्द्र, बि ग्रुपले सहकार्य रहेको थियो ।