
बारबर्दिया, भदौ २९ गते
बारबर्दिया नगरपालिकाले ५७ औँ अन्तराष्ट्रिय बाल दिवसको अवसरमा अन्तर मा.वि. वक्तृत्वकला र निवन्ध लेखन प्रतियोगिता कार्यक्रम गरेरको छ । बारबर्दियाको जयनगरमा “सामान्य अवस्था वा कोभिड महामारी, बाल अधिकारको संरक्षण हामी सबैको जिम्मेवारी” भन्ने राष्ट्रिय नारालाई बिषय बनाएर प्रतियोगिता गराईएको हो ।
प्रतियोगितामा मावि तहका बिभिन्न १४ जना विद्यार्थीहरुको सहभागिता रहेको रहेको थियो । सहभागिमध्य बक्तृत्व कलाप्रतियोगितामा प्रथम युवक मावि दुुध्धाकी सरला ढकाल, दृतीय अंशुुवर्मा मावि का धिरज सुनार, तृतीय जनज्योती मावि बनगाईका महेन्द्र परियार र सान्तवना जनता मावि रम्मापुरका प्रशान्त बस्नेत हुुनुुभएकालाई कमशः प्रथम, दृतीय तृत्ीय र सान्तवनालाई ५ हजार, ३ हजार, २ हजार र १ हजारका दरले नगद पुुरस्कार प्रदान गरिएको छ ।
प्रतियोगिता बाल अधिकार समिति बारबर्दियाकी अध्यक्ष तथा नगरउपप्रमुख अञ्जु दहितको सभापतित्वमा भएको थियो । कार्यक्रमको प्रमुख अतिथि नगरप्रमुुख दुुर्गाबहादुर थारु कबिर रहनुभएको थियो । कार्यक्रममा प्रमुुख प्रशासकीय अधिकृत दशरथ बुढा, नगरप्रबक्ता दुुर्गाबहादुर विश्वकर्मा अबिरल, लगाएत जनप्रतनिधि, शिक्षक बिद्यार्थी लगाएको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन महिला तथा बालबालिका शाखाका प्रमुख उशा पुनले कार्यक्रम संचालन गर्नु भएको थियो ।
साथै वडा नम्बर ३ र ५ का किशोरकिशोरीहरुले बालविवाह बिरुद्धको सचेतनामुलक सन्देश अभिनय मार्फत प्रस्तुत गर्नु भएको थियो ।