Logo

शान्ति स्थायित्व हुनका लागि दिगोविकास हुन आवश्यक

Rato Pen ५ आश्विन २०७८, मंगलवार २१:२० मा प्रकाशित

बर्दिया, असोज ५ गते
बर्दियामा अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम गरि मनाईएको छ । बर्दियाका डिडिआरसी बर्दिया, जिल्ला अस्पताल, एफ डब्लु एल डी, द्वन्द्वपीडित समिति, रेडक्रस लगाएतको संयुक्त आयोजनामा अन्तरक्रिया कार्यक्रम भएको हो ।
कार्यक्रममा दशबर्षे सशस्त्रद्वन्द्वका पीडितहरु अझ पनि शान्ति स्थापनाको महसुश गर्न नसकेको बताएका छन् । राज्यले यतिका बर्ष सम्म संक्रामणकालिन न्यायको काम नटुुग्याउनाले पीडितहरुमाथि झनै पीडा थपिएको बताएको हुन् । राजनीतिक खिचातानीका कारणले शान्ति प्रक्रियामा ढिलाई भएकोले पीडितहरुलाई निराश बनाएको बताउनु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले कोरानाले पनि समाजलाई प्रभावित पारेको बताउदै, बर्दियाको कोरोनाको अवस्थाको बारेमा जानकारी गराउनु भएको छ । कोरोनाबाट जोगिने बिकल्प खोप रहेकोले राज्यले निधारण गरेका उमेरसमुुहका सबैलाई कोरोना खोप लगाउन आग्रह गर्नु भएको छ । साथै संचारकर्मी तथा आमनागरिकहरुलाई सुचना प्रवाह गर्न पर्ने कुरामा जोड दिनुु भएको थियो ।
शान्ति स्थपना कायम राख्नका लागि दिगोविकासको आवश्यकता रहेको स्थानीय अगुवा तथा समाजसेबी दयाराम खड्काले बताउनु भएको छ । जब सम्म देश गरीबिको अन्त्य हुदैन तब सम्म शान्तिको महसुश गर्न कठिन रहेको बताउनुभएको छ । नेपाल सरकारले समविकासको अवधारणा ल्याएर सफतापुर्वक कार्यान्वयन गर्नुको विकल्प नरहेको बताउनु भएको छ ।
कार्यक्रममा मानव अधिकारकर्मी तथा एफ डब्लु एल डीका कार्यक्रम बर्दिया कार्यक्रम संयोजक सुशिल चौधरीले अन्तराष्ट्रिय शान्ति दिवसको महत्वको बारेमा जानकारी गराउदै, विश्वमा सन् २००१ देखि यो दिवस मनाउन शुरु गरेको बताउनुभएको छ । नेपालमा जनयुद्ध चलिरहेको बेलामा पनि बिभिन्न तवरबाट शान्ति दिवस मनाउदै आज सम्म पुुगेको बताउनुभएको छ । कार्यक्रम द्वन्द्वपीडित समितिका अध्यक्ष भागिराम चौधरीको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा बिभिन्न सरकारी तथा गैरकारी संस्थाका प्रतिनिधि, संचारकर्मी, युवा तथा द्वन्द्घपीडित परिवारका सदस्यहरुको सहभागिता रहेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?