
बारबर्दिया, असोज २२ गते
बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाको वडा नम्बर ५ की चौध बर्षीया आकृति पुनमगर आफ्नो वडाको वडाअध्यक्षको पद एकदिनको लागि सम्हाल्नु भएको छ । बालवालिकाहरु पनि जिम्मेवार भएर समान रुपमा काम गर्न सक्छन् भन्ने संकेतिक रुपमा जानकारीका लागि १ दिनको वडाअध्यक्षको जिम्मेवारी सम्हाल्नु भएको हो ।
प्लान ईन्टरनेशनल नेपालको सहयोगमा बि ग्रुप नेपालगंज बाँकेद्धारा संचालित नेतृत्व र निर्णय परियोजना अन्तरगत बालिकालाई एकदिनको वडा अध्यक्ष बनाइएको छ । एक दिने वडा अध्यक्ष आकृति पुनमगरले वाल विवाह न्युनिकरणका लागि पहल लिन वडा समितिलाई निर्देशन गर्नु भएको छ । नगरपालिकाकालाई बालविवाह अन्त्यका लागि योजना सहित कार्यक्रम ल्याउन आग्रह गर्नु भएको छ । बालिकाहरु डिजीटलबाट दुुरब्यबहारमा परिरहेका छन्, त्यलाई अन्त्य गर्ने किसिमको योजना ल्याउन पर्ने कुरा राख्नु भएको छ । वाल विवाह रोकथामका लागि सामुदायमा जाँदा बालवालिकाहरुलाई नपट्याउने गरेकोले स्थानीय सरकारले सहयोग गर्नु पर्ने माग गर्नु भएको थियो ।
वडा कार्यालयमा एक दिने वडा अध्यक्ष बालिकासंग बारबर्दिया नगरपालिकाका नगरउपप्रमुख अञ्जु दहितले छलफल गर्नु भएको छ । छलफलको क्रममा बारबर्दिया नगरपालिकाले बालविवाह न्युनिकरणका लागि कार्यक्रमहरुलाई प्रथामिकतामा राखेर काम गरिहेको बताउनु भएको छ । बालविवाह हुनेमा सबभन्दा जिम्मेवार अभिभावक नै हुनु पर्ने कुरामा जोड दिराखेको कुरा गर्नु भएको छ । डिजिटल प्रबिधिमा बालकालिकाहरुलाई सिकाउनु पर्छ तर त्यसमा गलत कार्यमा लागिराखेका छन्की भन्ने सवालमा अभिभावक नै सचेत हुनु पर्ने कुुरामा जोड दिनु भएको छ । अहिले बारबर्दियाले बालविवाह न्युनिकरणका लागि सामाजिक बहिस्कारका कार्यक्रम ल्याउने जसमा स्थानीय अगुवा बरघर, गुुरुवा, धार्मिक अगुवाहरु संग पनि छलफल गरिरहेको बताउनु भएको छ ।
वडा नम्बर ५ का वडा अध्यक्ष मनिराम थारुले बालविवाह अन्त्यका लागि अभियान संचालन गर्नु पर्ने बताउनुभएको छ । नेपाल सरकारले बनाएको बालविवाह सम्बन्धी कानुनहरु कार्यान्वयनका लागि सबै पक्ष सचेत हुनु पर्ने कुरा गर्नु भएको छ । साथै बालबालीकाहरुलाई नै बालविवाह सम्बन्धी काम गर्ने र आफै विवाह गर्नु समस्या रहेकोले यसका अन्त्यका लागि आफुबाटै शुरुवात गर्न आग्रह गर्नु भएको छ ।
चौध बर्षीया एक दिने वडा अध्यक्षसंगको छलफलमा वडा नम्बर ४ का वडा अध्यक्ष मानबहादुर थारु, जिल्ला समन्वय समिति सदस्य कल्पना थारु, वडा सदस्यहरु वडाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।