Logo

बाढीग्रस्त क्षेत्रको पुर्व मन्त्री एवं संघीय सांसद सन्तकुमार थारूद्वारा अवलोकन

Rato Pen ३ कार्तिक २०७८, बुधबार २२:५५ मा प्रकाशित

बर्दिया, कार्तिक ३ गते

कर्णाली नदिमा आएको बाढीले गेरूवा गाउँपालिकाको विभिन्न क्षेत्रमा पुर्याएको क्षतिको अवलोकन पुर्व मन्त्री एवं संघीय सांसद सन्तकुमार थारूले गर्नुभएको छ । आईतबार देखि परेको अबिरल बर्षाका कारण कर्णाली नदिमा मंगलबार आएको बाढीले राजापुर नगरपालिका र गेरुवा गाँउपालिकामा करोडौंको क्षतिपुर्याएको हो ।
सांसद थारूले गेरुवाको वडा नम्बर २ र ३ मा बाढीले क्षतिग्रस्त बनाएको स्थानका जनताहरुलाई भेटगर्दै सम्बन्धित निकायलाई सत्य तत्थ्य लगतसंकलन गर्न आग्रह गर्नु भएको छ । गेरूवा १ का वडा अध्यक्ष दयाराम वैद्य र गेरूवा २ का वडा अध्यक्ष आलोक कुमार थारूले तत्काल यहाँको समस्या समाधानका लागि कदम चाल्न अनुरोध गर्नुभएको छ । सांसद थारूले तटबन्ध नभएको ठाउँमा तटबन्ध हुने विश्वास व्यक्त गर्नुभयो । भोली राजापुर नगरपालिकाको क्षेत्रमा प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जर्नाधन शर्मा सहितको टोलीले अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
राजापुर नगरपालिका वडा न .१ मा ७ सय ५२ घरधुरी, वडा न.३मा ३ सय ८४ घरधुरी, वडा न.४ मा १५घरधुरी वडा न.७ मा ७७ घरधुरी, वडा न. १० मा ५ घरधुरी, वडा न.९ मा १ घर गरी जम्मा १हजार २ सय ३४ घरदुरी विस्तापित भएका छन भने १ हजार ५ सय ४१ बिगाहा जमिनमा लगएको धानबालीमा क्षति पुगेको अनुमान गरिएको छ । यसैगरी गेरुवा गाँउपालिका वडा नम्बर २
र ३ का गरि २ सय १० घरपरिवार प्रभावित भएको प्रारम्भिक अनुमान गरिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?