Logo

बाढीपीडितको वास्तविक तथ्याँक लिन पुर्व मन्त्री एवं संघीय सांसद सन्तकुमार थारूको निर्देशन

Rato Pen ५ कार्तिक २०७८, शुक्रबार ००:१५ मा प्रकाशित

बर्दिया, कार्तिक ४ गते

बेमौसमी बर्षातका कारण कर्णाली नदिमा आएको बाढीप्रभावित परिवारको सहि र वास्तविक तथ्याँक लिएर एकद्वार प्रर्णाली मार्फत राहत बितरण गर्न सम्बन्धित बिपद् ब्यबस्थान समितिलाई निर्देशन दिनुभएको छ । हिजो र आज गरि दुई दिन गेरूवा गाउँपालिका र राजापुर नगरपालिकाको विभिन्न क्षेत्रमा पुर्याएको क्षतिको अवलोकन पश्चात जिल्ला बिपद् ब्यबस्थापन समितिको बैठकमा सो निर्णय दिनु भएको हो ।
सांसद थारूले बैठकमा आफ्नो धारणा राख्दै तथ्यांक संकलनको क्रममा कुनैपार्टी वर्ग, जाति नभनिकन बास्तबिक कुरा ल्याउन आग्रह गर्नु भएको छ । बिगतका समयमा गैरपीडितहरुले राहतपाउने तर वास्तविक पीडितहरुले राहतपाउने स्थिति समेत हुने गरेकोले बुद्धिमत्ता तरिकाले कामगर्नु पर्ने बताउनु भएको छ । साथै प्रशासन क्षेत्रलाई इग्गित गर्दै एकद्धार प्रणालीलाइ कडाईका साथ लागू गर्न आग्रह गर्नु भयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा हिमालले प्रदेश स्तरबाट सक्ने जति राहत उपलब्ध गराउने बताउनु भएको छ ।https://m.facebook.com/story.php?story_fbid=1083675942168104&id=100067753844052   कार्यक्रममा लुम्बिनी प्रदेश सभासदस्य दिपेश थारू राजेश, जिल्ला समन्वय समितिका प्रमुख शंकरप्रसाद थारु, राजापुर नगरपालिकाका नगरप्रमुख शिवप्रसाद थारु, नगरउपप्रमुख मनकलाकुमारी चाैधरी लगाएतले तथ्यांक संकलन राहत बितरण सम्बन्धि आ आफ्नो धारणा राख्नु भएको थियो ।
बैठक राजापुर नगरपालिकामा प्रमुख जिल्ला अधिकारी तथा जिल्ला बिपद् ब्यबस्थापन समितिका अध्यक्ष सन्तबहादुर सुनारको अध्यक्षतामा बसेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?