
बर्दिया, कार्तिक १६ गते
बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकामा सोमबार बेलकी भएको बारबर्दिया साहित्य तथा संगीत उत्सव २०७८ले थप एक स्टेप माथि उठाएको छ । राष्ट्रिय स्तरमा प्रख्यात तथा बहुुचर्चित साहित्यकारहरुको जमघट र प्रस्तुुतिबाट बारबर्दिया नगरपालिकाको उच्चप्रसंशा र साहित्यकारहरुको बुझाईबाट माथि उठाएको हो ।
साहित्य तथा संगीत उत्सवमा कवि मनु मन्जिल, कवि हेमप्रकाश मन्जिल, कवि जीवराज पान्डे आफ्नो उत्कृष्ट कविताहरु बाचन गर्नु भएको थियो । यस कविहरुको सहजिकरण कवि अमृत ढकालले गर्नु भएको थियो । यसैगरी गजलकार संगिता थापा, हुुकुम धडकन प्रदिप रोदनले आफ्नो गजल वाचन गर्नुु भएको थियो भने गजलकारहरुको सहजिकरण गजलकार हरिप्रकाश भण्डारीले गर्नु भएको थियो । सम्मानीत स्रस्टाको रुपमा लेखक तथा साहित्यकार सुुशिल चौधरी र लेखक तथा साहित्यकार छविलाल कोपिलालाई प्रमाणपत्र सहित सम्मान गरिएको छ । साथै सांगितक प्रस्तुुतिका लागि थारु चर्चिच गायक दर्पन कुुसुम्या, नेपाल आईडलका उपविजेता तथा गायक प्रविन बेडवालले आ आफ्नो कला तथा प्रस्तुती प्रदर्शन गर्नु भएको भएको थियो ।
साहित्य तथा संगीत उत्सव कार्यक्रममा थारु आयोगका अध्यक्ष बिष्णुप्रसाद चौधरीले बारबर्दिया नगरपालिकाले ऐतिहासिक कार्य गर्ने अग्रपंतिमा रहेको बताउनु भएको छ । बारबर्दिया नगरपालिकाले नेपालका चर्चित साहित्यकारहरुलाई जमघट गराएर बारबर्दियाको नौलो परिचय दिन सफल भएको बताउनु भएको छ । यस उत्सवले बारबर्दियाबासी तथा बर्दियालाई नै परिचित गराउदै भाषा र साहित्यमा समेत सकारात्मक प्रभाव पार्ने कुरामा विश्वास ब्यक्त गर्नु भएको छ । यसले बारबर्दियाको साहित्यक बिकासमा ठूलो सहयोग पुुग्ने अपेक्षा ब्यक्त गर्नु भएको छ । कार्यक्रममा बोल्ने साहित्यकारहरुले बारबर्दिया नगरपालिका नेपालका अन्यपालिकाहरुले गर्न नसकेको काम गरेर उदाहरणीय पालिका भएको बताउनु भएको छ ।
बारबर्दिया नगरपालिकाका नगरप्रमुख दुुर्गाबहादुर थारु कबिरको सभापतित्वमा भएको साहित्य तथा उत्सव कार्यक्रमका प्रमुख अतिथि थारु आयोगका अध्यक्ष बिष्णुप्रसाद थारु, जिल्ला समन्वय समिति बर्दियाका प्रमुख शंकरप्रसाद थारु, लगाएत बरिष्ठ साहित्यकार जनप्रतिनिधि, नेपालका बिभिन्न जिल्लाका साहित्यकार तथा गजलकारहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम बारबर्दिया नगरपालिकाको आयोजनामा भएको थियो भने कार्यक्रमको ब्यबस्थापन थारु भाषा उत्थान मञ्च नेपाल (गोचाली परिवार)ले गरेको थियो ।