
सुशील चौधौरी
आयो
यस वर्ष पनि माघी
उही माघेसंक्रान्तीकै दिन
तर छाएन उमंग
ल्याएन तरंग मेरो मनमा
सायद धेरैको मनमा पनि ।
अब कमैयालाई सौकी तिरेर
नयाँ मालिक खोज्नुको झण्झट छैन
कमैया मुक्त भइसकेकाछन्
ठिकै भयो, मुक्त आकाशमा
विचरण गर्न पाउने उन्मक्त आयामका लागि ।
यस पटककोमाघ पर्वमा
मेरा छोरीहरु आएनन्, पहुनी खान
सायद अरु धेरैका छोरीबेटीहरु पनि आएनन्
कति रोए होलान नाती नातिनाहरु
हजुरबुवा हजुरआमाको काखमा लुटपुटिन नपाउँदा
दान दक्षिणाले मिठाइ खान नपाउँदा
कति कल्पेहोलान भान्जाभान्जीहरु
ममा घर आउन नपाएकोमा
त्यसैले म भन्छु
मुर्दावाद, प्रतिगामी निर्दयी
कोरोना अनि ओमिक्रोनलाई
जसले परिवारको ममता छिनेको छ
समाजको सद्भाव छिनेको छ ।
खबरदार !
म छाड्ने छैन
तिमी विरुद्ध लड्न
सचेत र सुसंगठित मानव हुलबाँधेर
निरन्तर लयवद्ध अनि लामबद्ध भएर ।
लोकप्रिय समाचार